May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन

काठमाडौं । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क—४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गरेका छन् । ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गरेका हुन् ।
उक्त अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले साहित्य, कला र गीतसङ्गीतले मान्छेलाई तत्कालै प्रभाव हुँदा सार्थक साहित्य, कला तथा गीतसङ्गीत सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले नेपाल अनेकौँ दर्शन, ज्ञानविज्ञान तथा विचारहरूको उद्गमस्थल भएको उल्लेख गर्दै देशको समृद्धिका लागि साहित्यकार तथा कलाकारहरूले आफ्ना सिजनाका माध्यमबाट योगदान दिनुपर्ने बताए ।
प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता तथा लेखक केशव बडालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले विमोचित एल्बमका बारेमा बोले । कवि वासुदेव अधिकारीले प्रतिष्ठानले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा मन्तव्य व्यक्त गरेका थिए भने डा. विनोद मञ्जनले विमोचित पत्रिका ‘शार्दूल’को अङ्क—४ का बारेमा समीक्षा गरे ।
विमोचित ‘शार्दूल’ को सम्पादकमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल रहेका छन् । ‘शार्दूल’को यस अङ्क समृद्धि—विशेषका रूपमा आएको छ । ‘समृद्ध नेपाल, सखी नेपाल’ प्रतिष्ठानद्वारा दुई वर्ष अगाडि आयोजित राष्ट्रिय गीत प्रतियोगितामा छनोट गरिएका १० ओटा गीतहरूको एल्बम हो । सबै गीतको सङ्गीत तथा संयोजन सङ्गीतकार प्राज्ञ अशोक राईले गरेका हुन् । गणेश रसिक, अंशुमाला कार्की, सौरभ सुनार लगायतका गीतकारको गीतमा कुन्ति मोक्तान, सञ्जय तुम्रोक, दुर्गा परियार लगायतका गायकलगायिकाको समुधुर आवाज रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ओलीले गीतकारहरूलाई पाँच—पाँच हजार नगदसहित कदरपत्र प्रदान गरेका थिए । यसैगरी, गायक गायिकाहरूलाई धन्यवादबापत् सम्झनोपहार प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका सचिव यशोधा अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।

Advertisement

विमाेचित पुस्तक ।