April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चाडपर्वपछि घामजून आउने

चाडपर्वपछि घामजून आउने

झापा । चाडपर्व लगत्तै पूर्वेली कलाकारहरूको प्रस्तुतिमा रहेको ‘हामीले देख्ने घाम जून’ गीत सार्वजनिक हुने भएको छ ।

सुपरस्टार गायक राजेश पायल राईको स्वरमा रहेको गीतको शब्द कवि सीरेन बान्तवाले रचेका छन् । त्यस्तै, सङ्गीत पारस मुकारुङको रहेको छ । एरेञ्ज भने प्राज्ञ अशोक लोहोरुङले गरेका छन् । गीतलाई रोबर्ट सुब्बाले भर्सन स्टुडियोमा रेकर्ड गराएका छन् ।

Advertisement

गीतको म्युजिक भिडियो निरन साम्पाङको निर्देशनमा तयार भएको छ । क्यामेरा विधामा पनि साम्पाङले नै काम गरेका छन् । सम्पादन र रङ्गमा पृथीराज वाम्बुलेको उपस्थिति रहेको छ भने श्रङ्गारको जिम्मेवारी मञ्जु लिवाङले लिएकी छिन् । भिडियोमा पुष्पाहाङ लोवा, दिव्या आङ्ला, जय कुमार बान्तवाहरूको अभिनय देख्न सकिने छ ।