April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

खोटाङ सेवा समाज यूकेको देउसी भैलो कार्यक्रम सम्पन्न

लन्डन । खोटाङ सेवा समाज यूकेले भव्यताका साथ भर्चुअल शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

खोटाङ सेवा समाज यूकेका अध्यक्ष डा प्रमोद कोयी राईको सभापतित्वमा भर्चुअल जुम माध्यमबाट कार्यक्रम आयोजना भएको थियो । तिहारको शुभकामना आदान प्रदान साथै संस्थाले तीन महिनाअगाडि सफलतापूर्वक सम्पन्न गरेको ‘अक्सिजन पठाऔँ आफन्तको ज्यान बचाऔँ’ कोभिड अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद ज्ञापन गर्न कार्यक्रम आयोजना गरिएकोअध्यक्ष कोयी राईले बताए ।

Advertisement

संस्थाको सल्लाहकार डा. सुमाया राई, उपाध्यक्ष भाग्यवती राई, संविधानसभाका सभासद दुर्गा जयन्ती राई , कृषि वैज्ञानिक मदन राई ,चर्चित गायक जितेन राई लगायतका बिशिस्ट विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो ।

खोटाङ सेवा समाज यूकेले आयोजना गरेको जुम साँस्कृतिक कार्यक्रमको झलक ।

औपचारिक कार्यक्रम सचिव रोजिना राई र अनौपचारिक कार्यक्रम कार्यक्रम संयोजक सन्जीव पारदर्शीले सन्चालन गरेका थिए । उपादध्यक्ष भाग्यवती राई र संयोजक पारदर्शिले स्वागत मन्तव्य दिएका थिए । इज किङ को नामले चर्चित सुपरस्टार गायक राजेश पायल राई र अन्य अथितिहरुले शुभकामना मन्तव्य राखेका थिए । कोरोनाको गम्भीर असरबाट जिल्लावासीलाई मुक्त गराउन ‘अक्सिजन पठाऔं आफन्तको ज्यान बचाऔं’ अभियानमा संस्थाले २४ लाख भन्दा धेरै स्वास्थ्य सामग्री संकलन गरेर हस्तान्तरण गरेको अध्यक्ष कोयी राईले बताए ।

संयोजक पारदर्शीले सन्चालन गरेको दोस्रो चरणको कार्यक्रममा नेपालबाट चर्चित गायक गायिकाहरु जितेन राई, पार्वती राई, मेनुका राई, बबिना किराती, उमेश राई (फु?लेन्देकी आमा), अनिल कोयी. रुपकुमार राइ, प्रजापती पराजुली, रस्मी राई, रेवत राई, मनिता राई लगायतले सांगीतिक कोसेली पस्केका थिए । नेपालतिरको सांगितिक कार्यक्रमको संयोजन भिमु मेमोरियल ट्रस्टले गरेको थियो । यसैगरी, यूकेबाट गायिका लीला गोम्देन राई र सुमी दुमी राईले गीत गाएर सबैलाई मनोरन्जन दिएका थिए ।

संस्थाले सम्मान र पुरस्कृत गरेका व्यक्तिहरु पनि उपस्थित रहेको कार्यक्रमलाई देश विदेशबाट श्रोता दर्शकहरुले फेसबुक लाइभबाट हेरेका थिए । चर्चित लोक गायक प्रजापती पराजुली लगायतले देउसी भैलो गीत समेत प्रस्तुत गरेका थिए ।