May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
झापा चुम्लुङमा शुभकामना आदान प्रदान

झापा चुम्लुङमा शुभकामना आदान प्रदान

दमक । किरात याक्थुङ चुम्लुङ झापा जिल्ला चुम्लुङहिममा मंगलवार शुभकामना आदान प्रदान गरिएको छ ।

बलिहाङ तङनामको वावन अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय चुम्लुङ् सदस्य तथा जिल्ला सल्लाहकार कृष्ण थेबेले बलिहाङ तङनामको बारेमा चर्चा गर्दैँ तङ्नामको महत्व र विशेषताका बारेमा बताएका थिए । त्यसैगरी, जिल्ला सदस्य रुद्र तबेबुङ, जिल्ला सदस्य तथा भदरपुर नगर शाखा अध्यक्ष शर्मिला आङदेम्बे, जिल्ला सदस्य तथा कमल गाउँ शाखा कोषाध्यक्ष चन्द्रकला सुब्बा, बिर्तामडो नगर शाखा अध्यक्ष हिमालय प्रकाश कन्दङवा, बाह्रदशी गाउँ शाखा अध्यक्ष केशव लिवाङ लगायतका महानुभावहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement

जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जिल्ला सह-सचिव कविन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला सचिव प्रेमचन्द्र लिम्बुले कार्यक्रम सञ्चालन गरेका थिए ।