May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

काठमाडौँ । याक्थुङ लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘छुइ छुइहा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेकाछन् भने लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक तथा नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशकहरुमा डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं, अम्बरबहादुर तुम्बापो रहेका छन् ।

Advertisement

भिडियोको एक दृश्य ।

त्यसैगरी सह-निर्माताहरूमा नन्दुभाइ मेन्याङबाे, मानबहादुर साँवा र दिपक राजवंशी रहेका छन् । चलचित्रको छायाङ्कन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य सहायक निर्देशक निङ्वा नेम्बाङकाे छ भने नृत्य बरदान संगीतालयको रहेको छ । शृङ्गार सन्तोस रिजाल र प्रकाश मिलन खड्काको रहेको छ । त्यसैगरी व्यवस्थापन सुवास केरुङ नुनामले गरेका छन् । पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जवेगू, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जवेगू, वर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, विवश तुम्रोक, डीबी खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन् ।

भिडियोको लिङ्क हेर्नुहोस् –