April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

रहनेन् गाेरेबहादुर खपाङ्गीकी पत्नी

काठमाडौं । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गाेरेबहादुर खपाङ्गीकाे पत्नी विद्या खपाङ्गी मगरकाे निधन भएको छ ।

मगरकाे साेमबार ७२ वर्षकाे उमेरमा निधन भएको नेपाल मगर सङ्घले जनाएको छ । नेपालका नेल्सन मण्डेलाले सुपरिचित समाजवादी नेता , पूर्व मन्त्री एवम् नेपाल मगर सङ्घका पूर्व अध्यक्ष साथै राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक महासचिव स्व.गोरेबहादुर खपाङ्गी पत्नी मगर गोरेबहादुर खपाङ्गी फाउन्डेशनका संस्थापक संरक्षक एवम् नेपाल मगर संघको सल्लाहकार समेत थिइन् । उनकाे मङ्गलबार काठमाडौंस्थित पशुपतिनाथकाे आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ ।

Advertisement

मगरको निधनमा नेपाल मगर सङ्घ र गाेरेबहादुर खपाङ्गीले दु:ख व्यक्त गर्दै शाेकाकूल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ । फाउन्डेसनका अध्यक्ष हुमबहादुर पचभैया थापामगर र नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु मगरले शाेक सन्देश प्रकाशित गर्दै दु:ख व्यक्त गरेका छन् ।

नेता गाेरेबहादुर खपाङ्गीकाे निधन सन् २०१६ काे अगष्ट २७ मा दुर्घटनामा परी उपचारका क्रममा भएको थियोे ।

स्व. खपाङ्गी मगर ।