May 7, 2026, Thursday
२०८३ बैशाख २४, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

राजेशपायलको ‘सुन न म माया गर्छु’ सार्वजनिक

काठमाडौँ । सुपरस्टार गायक राजेशपायल राई र सङ्गीता रनपहेलीको आवाजमा रहेको गीत ‘सुन न म तिमीलाई माया गर्छु’ सार्वजनिक भएको छ । गीतकार टीका चाम्लिङको मिठासपूर्ण शब्द रचना र गायक राईकै सुमधुर सङ्गीत रहेको गीत युट्युबमा सार्वजनिक भएको हो ।

उक्त गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ भने गीतको अडियो किङ स्टुडियोमा स्वराङ्कन गरिएको हो । जस्केलो क्रिएसनको प्रोडक्सन रहेको गीतको स्टुडियो भिडियो आदिम आवाज अनलाइन टीभीको अफिसियल च्यानल मार्फत् सार्वजनिक भएको छ ।

Advertisement