April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

‘छेक्यो मायालु’ गीतको म्युजिक भिडियोको छायांकन

फेदेन । ‘छेक्यो मायालु’ बोलको गीतको म्युजिक भिडियोको बिहीबार छायांकन सम्पन्न भएको छ । सुरेश अधिकारीको शब्द/संगीत र तारा लाओतीको स्वर रहेको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका हुन् ।

पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत ठाउँमा छायांकन गरिएको हो । माता पाथीभरा फिल्म्स प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्मातामा किशोर सुब्बा, छायांकनमा सञ्जय आचार्य, शृङ्गारमा अमृता जवेगू, प्रकाश संयोजनमा निस्चल आचार्य, ड्रोन अपरेटरमा फुङ्सो जवेगू रहेका छन् । नृत्य निर्देशकमा निङ्वा नेम्बाङ, कलाकारहरु मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, विवेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघाले अभिनय गरेका छन् । वि.सं. २०५४ सालमा लिम्बु चलचित्र ‘आनि? साक्थिम’ मा शिशु बाल कलाकारहरुको रुपमा खेलाएको कलाकारलाई नै फेरि मोडलका रुपमा राख्न पाउँदा खुसी लागेको आनि साक्थिमका लेखक निर्देशक किशोर सुब्बाले बताए ।

Advertisement