May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुरु भयो युद्ध साहित्य सेमिनार

सुरु भयो युद्ध साहित्य सेमिनार

लन्डन । १३ जना भिक्टोरिया क्रस पदक पाउने गोर्खा सैनिकहरूको स्मृति र सम्मान साथै युद्ध साहित्यको प्रबद्र्धनका लागि भन्दै आजबाट दुई दिने युद्ध साहित्य गोष्ठी सुरु भएको छ ।

विश्व नेपाली साहित्य महासंघ यूकेको पश्चिम र दक्षिण शाखाले सुंयक्त रूपमा आयोजना गरिरहेको गोष्ठी शनिबार भर्चुअल माध्यमबाट जुममा सुरु भएको हो । पहिलो दिन भीसी शेर बहादुर थापाका नाति समेत रहेका बेल्जियमका लागि पूर्व नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको गोष्ठीलाई पश्चिम शाखाले संयोजन गरिरहेको अध्यक्ष लालसुन्दर राईले बताए । कार्यक्रमा बेलायत र नेपालमा रहेका सािहत्यकारहरू जोडिएका छन् । त्यसैगरी, बेलायतको गोर्खा ब्रिगेडमा रहेका विभिन्न रेजिमेन्ट र पल्टनमा सेवारत सैनिक साहित्यकारहरूको पनि सहभागिता रहेको छ । कार्यक्रमलाई पश्चिम शाखा सचिव शान्ति लिम्बुले सञ्चालन गरिरहेकी छिन् ।

Advertisement

युद्ध साहित्य गोष्ठीको ब्यानर ।

कार्यक्रमका प्रमुख संयोजक एवम् विश्व नेपाली साहित्य महासङ्घ दक्षिण यूकेका अध्यक्ष विजय हितानका अनुसार दुई दिनको कार्यक्रममा यूके, बेल्जिमय, हङकङ, नेपाल, भारत, ब्रुनाई, सिंगापुर, मकाउ लगायतका ठाउँबाट साहित्यकारहरू जोडिँदैछन् । बेलायती, भारतीय, नेपाली सेना, प्रहरी र गोरखा रिजर्भ युनिटमा कार्यरत चार दर्जन बढी रेजिमेन्टहरू, विभागहरू र निकायहरूलाई पत्राचार गरिएको हितानले बताए । गोष्ठीको दोस्रो दिन युद्ध साहित्यउपर विमर्श हुने छ । महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको मुख्य आतिथ्यतामा हुने उनले जनाए । महासंघले विगत तीन वर्षयता नियमति रूपमा युद्ध साहित्य कार्यक्रम गर्दै आएको छ ।

https://www.facebook.com/100000488960961/videos/188280950162381/