May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रिमेम्ब्रेन्स डेमा सगरमाथा नेपाली समाजको सहभागिता

रिमेम्ब्रेन्स डेमा सगरमाथा नेपाली समाजको सहभागिता

आसफोर्ड, केन्ट । विश्वयुद्धलगायतका विभिन्न यद्धमा ज्यान गुमाएकाहरूको स्मृतिमा प्रत्येक वर्षको नोभेम्बर महिनामा मनाइने रिमेम्ब्रेन्स डे आसफोर्डमा पनि आयोजना गरिएको छ । पप्पी डेको नामले समेत चर्चित रहेको यो दिवस आइतबार बेलायत लगायत विश्वभर मनाइएको छ ।

कार्यक्रममा सहभागी पूर्व गोर्खा सैनिक र परिवारहरु ।

नोभेम्बर ११ को सबैभन्दा नजिकको आइतबार परेको हुनाले यो वर्ष बेलायतमा नोभेम्बर १४ तारिख पारेर आइतबार युद्ध स्मृति पार्क र बगानमा मनाइएको छ । सन् १९४५ को नोभेम्बर ११ मा दोस्रो विश्वयुद्ध सकिएको दिन भएकोले प्रत्येक वर्ष नोभेम्बरको दोस्रो साता यो दिवसमा स्मृति सभा राखिँदै आएको छ । केन्टको आसफोर्डमा रहेको मेमोरियल गार्डेनमा सदाझैँ यस वर्ष पनि दि रोयल ब्रिटिस लिजियनको अगुवाइमा स्मृति सभा आयोजना भएको धन रोगूले बताए । बिहान सवा दश बजेदेखि सुरु भएको सभा साढे ११ बजे सकिएको थियो ।

Advertisement

आसफोर्डवासी नेपालीहरूको प्रतिनिधित्व गर्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले पनि सहभागित जनाएको अध्यक्ष कप्रसाद छन्त्यालले जानकारी दिए । उनले समाजको तर्फबाट स्मृति स्तम्भअगाडि अन्य अतिथिहरूसँगै पुष्पगुच्छा अर्पण गरेका थिए । वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकको नेतृत्वमा दश जना सदस्यहरूले स्वयंसेवकको भूमिका समेत निर्वाह गरेका थिए । स्मृति समारोह रेभ डा. सुसन स्टार्किङ्सले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा ब्यान्ड, नियमित र रिजर्भड फोर्सेस, क्याडेट फोर्सेस, भेट्रान, युवा सङ्गठन, निवृत गोरखा सैनिक अधिकृत एवम् विभिन्न तहका सिपाहीहरु र सर्वसाधारणको उपस्थिति रहेको थियो ।