April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश प्रमुख खापुङले गरे पदभार ग्रहण

प्रदेश प्रमुख खापुङले गरे पदभार ग्रहण

विराटनगर । प्रदेश नं. एका प्रमुख श्री परशुराम खापुङले पदभार ग्रहण गरेका छन् ।

खापुङले सोमबार विराटनगरस्थित प्रमुखको कार्यालयमा पदभार गरेका हुन् । प्रमुखलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विमानस्थलमा स्वागत गरेका थिए । प्रदेश नं. १ का सभामुख प्रदिपकुमार भण्डारी र उपभामुख सरस्वती पोखरेलले कार्यालयमा भेट गरी स्वागत गरेका थिए ।

Advertisement

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौँ वार्षिक प्रतिवेदन पनि आजै प्रमुखलाई बुझाउने काम भएको छ । आयोगको प्रदेश नं. १ का कार्यालय प्रमुखमार्फत प्रतिवेदन हस्तान्तरण भएको हो ।

सोही अवसरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भोका अध्यक्ष फत्तेजङ खापुङ तथा पदाधिकारी र सदस्यले पनि विमानस्थलमा स्वागत गरेका थिए । जनता समाजवादी पार्टीका पूर्व नेता खापुङ प्रदेश नम्बर एकका तेस्रो गभर्नर हुन् ।