April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

लिम्बुवान मञ्चकाे कनकाई वडा अधिवेशनबाट कन्दङ्वा निर्वाचित

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल कनकाई वडा कार्य समितिको तेस्रो वडा अधिवेशन मङ्गलबार सम्पन्न भएको छ ।

निवर्तमान अध्यक्ष वसन्त मेन्याङ्वाेकाे अध्यक्षतमा भएको अधिवेशनकाे पार्टीका केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्वाेकाे प्रमुख आतिथ्यमा र झापा जिल्ला अध्यक्ष धन बहादुर पन्धाककाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियोे ।

Advertisement

कार्यक्रममा झापा जिल्ला सदस्य प्रेम कुमार फोम्बो, पूर्व उम्मेदवार जर्तन किस्कु, पूर्व गाविस उपाध्यक्ष ताराचन खवास लगायत किरातेस्वर माङ्हिम अध्यक्ष निर्मल आङ्थुपोले धारणा व्यक्त गरेका थिए । निवर्तमान वडा सचिव महेन्द्र कन्दङ्वाले सञ्चालन गरेकोे कार्यक्रममा र स्वागत मन्तब्य गोबिन्द सांवा (छथरे) ले राखेका थिए ।

यसैगरी, कनकाई नगरपालिका-७ काे तेस्रो अधिवेशनबाट महेन्द्र कदन्ङवाको अध्यक्षतमा ११ नयाँ कार्य समिति चयन भएको छ । समितिको उपाध्यक्षहौमा लोकनाथ अधिकारी र राम कुमारी पाहिम, सचिवमा गोविन्द साँवा, सहसचिवमा भावना लिम्बु र कोषाध्यक्षमा गीता चेम्जोङ छन् । त्यस्तै, सदस्यहरूमा योनिसा साउदेन, वाजुम हाँस्दा, सन्देश परियार, राज कुमार मेन्याङ्बो र निमा तामाङ छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य भक्त मेन्याङ्बोले लिम्बुवान आन्दोलनलाई सशक्त बनाउँदै आगामी दिनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपाल पार्टीलाई नेपालको हकमा एउटा उदाहरणिय पार्टी बनाउने र प्रदेशको नामाङ्कनमा कुनै हालतमा पनि लिम्बुवान हुनुपर्ने नभए आन्दोलनलाई निर्णायक बनाउने अभिव्यक्ति राखेका थिए ।