May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको मिडिया समिति गठन, मिडिया सचिवमा सिलौटीका सम्पादक थेवे नियुक्त

एनआरएनए यूकेको मिडिया समिति गठन, मिडिया सचिवमा सिलौटीका सम्पादक थेवे नियुक्त

लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको चालू कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ ।


विधानतः संघका प्रवक्ता भरतमणि चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा वरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ ।

Advertisement

समितिमा प्रवक्ता चोङबाङ लगायत अन्य तीन जना सदस्यहरु चयन गरिएको छ । जसमा लण्डन नेपाल न्युज डट कमका सम्पादक शिव भण्डारी संयोजक, सिलौटी टाइम्स डट कमका सम्पादक अमित थेवे सदस्य सचिव र सिलिचुङ डट कमका सम्पादक किरण राई सदस्य रहेका छन् ।
यसैवीच, एनआरएनए यूके हाल आफ्नो नियमित मुखपत्र ‘एनआरएन भ्वाइस’ को नयाँ अंक प्रकाशन गर्ने अन्तिम तयारीमा जुटेको छ । नयाँ अंकको संयोजन प्रवक्ता भरतमणि चोङबाङ आफैंले र सम्पादन खुशी लिम्बुले  गरिरहेका छन् ।

हाल एनआरएनए यूकेमा १८ विभागहरु गठन भएर पूर्णता दिने क्रममा रहेको महासचिव खुसी लिम्बुले बताए । अहिलेसम्म मिडिया विभाग, महिला विभाग, दैवी प्रकोप तथा आपतकालीन तर्जुमा विभाग, गोर्खा विभाग, खेलकूद विभाग र धर्म विभागहरुले पूर्णता पाइसकेको उनले जनाए ।