May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

जसपा लिम्बुवानकाे गभर्नर खापुङ र मन्त्री यादवसँग भेट

विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिले नवनियुक्त प्रदेश नम्बर एकका प्रमुख(गभर्नर) परशुराम खापुङलाई भेटेर बधाई दिएको छ । यसैगरी, प्रदेशका मन्त्री जयराम यादवसँग पनि भेटेर प्रदेशको नामाकरण लगायतका विषयमा वार्ता गरेको छ ।

विराटनगरस्थित प्रदेश प्रमुख र सामाजिक विकास मन्त्री जयराम यादवसँग भेटेर पार्टीबाट बधाई दिएको केन्द्रीय सदस्य एवम् जसपा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए । उनले पार्टीका पूर्व कार्यकारिणी सदस्य समेत रहेका प्रदेश खापुङलाई भेटेर फूलमाला र खदा ओढाएर स्वागत सम्मान गरेको जनाए । यस्तै, पार्टीका प्रदेश नम्बर एकका संसदीय दलका नेता एवम् मन्त्री यादवलाई पनि दुई दर्जन बढी नेताहरूकाे उपस्थितिमा बधाई दिएको बताए ।

Advertisement

मन्त्री यादवसँग जसपा लिम्बुवान राष्ट्रिय समितिका नेताहरू ।

भेटका क्रममा प्रदेश एककाे नामाकरणमा लिम्बुवान-किरात छुटाउन नहुने गरी प्रदेशको नामाकरणमा काम अगाडि बढाउन आफूहरूले आग्रह गरेकाे बताए । साथै, भाषा आयोगकाे सिफारिस कार्यान्वयन गर्न भन्दै प्रदेश एककाे कामकाजी भाषा याक्थुङ लिम्बु र मैथिलीलाई प्रयोगमा ल्याउन विध्येयक निर्माण गर्न सुझाएकाे सिलाैटी टाइम्सलाई जनाए ।

भेटमा उनीलगायत जसपाका केन्द्रीय नेताहरू डीबी आङबुङ, लोकसागर साम्बा, केस तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, मुख्य सचिव केदार धिमाल, सचिवालय सदस्यहरू अजित धिमाल, सन्जय राई, सचिवालय सदस्य तथा उर्लाबारी नगर समिति अध्यक्ष मातृका धिमाललगायतका नेताहरू उपस्थित भएका थिए ।