May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

विराटनगर । प्रदेश नम्बर एकका प्रमुख परशुराम खापुङकाे प्रेस सल्लाहकारमा पत्रकार देवेन्द्र खापुङ ‘सुर्केली’ नियुक्त भएका छन् । प्रदेश एकले तेस्राे गभर्नर पाएसँगै पत्रकार खापुङ प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् ।

लिम्बु पत्रकार सङ्घका अध्यक्ष एवम् जनता समाजवादी पार्टीनिकट प्रेस मञ्चका उपमहासचिव समेत रहेका खापुङ दुई दशक बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी नयाँ अनलाइन डट कमका सम्पादक पनि हुन् । साहित्यमा पनि कलम चलाउने उनका तीन कृतिहरू प्रकाशित छन् । तेह्रथुम पुर्ख्याैली घर भएका खापुङ सुनसरीको चक्रघट्टीमा रहँदा साहित्य र पत्रकारितामा प्रवेश गरेका थिए ।

Advertisement