April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

जसपाकाे नेपाली समाज केन्ट शाखा अध्यक्षमा राई

फाेकस्टाेन । जनता समाजवादी पार्टी नेपालको प्रवास अंग नेपाली समाज युके राष्ट्रिय समिति अन्तर्गतको केन्ट शाखाको अध्यक्षमा विनोद राई निर्वाचित भएका छन ।

बिहीबार फोक्स्टोन चेरिटनमा नेपाली समाज युके राष्ट्रिय समितिका अध्यक्ष चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले केन्ट शाखाको नयाँ नेतृत्व चयन गरेको हो । नेतृत्वमा अध्यक्ष विनोद राई, उपाध्यक्षमा सुभास राई, सचिव डा. महाप्रसाद राई, कोषाध्यक्षमा शिभ राई र सदस्यहरुमा क्रमशः प्रश्ना राई, रिटायर्ड क्याप्टेन सुमनचन्द्र राई, प्रताप राई, शिव लामा गुरुङ, हरिकुमार राई र खिल कुमार राई रहेका छन् । जसपा प्रवास बिशेष प्रदेश समितिका मुख्य–सचिव विश्वास दीप तिगेलाको प्रमुख आतिथ्य र समाजवादी विद्यार्थी  यूनियन केन्द्रीय समितिका सचिव रामचन्द्र राईको आतिथ्यता रहेको कार्यक्रमलाई नेपाली समाज युकेका सहअध्यक्ष कमल राईले स्वागत साथै नेता र नेतृत्वको सम्बन्धमा प्रशिक्षण दिए । नेपाली समाज युकेको गतिविधि तथा उपलब्धिहरुको बारेमा सभाध्यक्ष गुरुङले प्रस्तुति दिएका थिए ।

Advertisement