May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं  जनता समाजवादी प्रवेश

डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश

संखुवासभा । विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्वमा जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै सवा सयले पार्टी प्रवेश गरेका छन् ।

संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोहीद्वय सानू शेर्पा र दावा वाङ्चु शेर्पाले नेतृत्व गर्दै जनता समाजवादी पार्टी प्रवेश गरेका हुन् । नुममा पार्टी प्रवेश गर्ने जम्मा १२० जना रहेका छ्न् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा पार्टी प्रवेश भएको हो । नव प्रवेशी कार्यकर्तालाई प्रमुख अतिथी संघीय मामिला मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अबिर माला लगाएर स्वागत गरेका थिए ।

Advertisement

त्यसैगरी नव प्रवेश गर्ने कार्यकर्तालाईजनता समाजवादी पार्टी  कार्यकारिणी सदस्य रकम चेम्जोङ केन्द्रीय सदस्य आङ्काजी शेर्पा दिपक याक्खा लिला सिटौला अर्जुन थापा लगायतका नेताले अबिर खदा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विकास जनताको लागि भएको भन्दै जनता जहाँ छ नेता त्यहीँ  पुग्नुपर्ने बताए । जनता कुना कन्दरा,हिमाल,तराई बेँसी जहाँ छ त्यहाँ पुग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले लिम्बुवान किरात शेर्पालुङको संखुवासभा धनकुटा भोजपुरमा नारद थुलुङ जस्ता जननेताको जन्म भए पनि विकासको अवस्था नाजुक भएको बताए । आफू कोशी राजमार्ग भएर नै आएको बताउँदै यस क्षेत्रको विकासको लागि किमाथांका नाकासम्म पूर्वाधारका लागि जनता समाजवादीले पहल गर्ने आश्वासन दिए । यस अघि केपी ओली सरकारले गरेको बेथितिलाई अबको गठबन्धन सरकारले सम्हालेर जाने बताए । एमाले नाम मात्रको कम्युनिस्ट भएको भन्दै दक्षिणपन्थी कमाउने काम मात्र गरेको आरोप लगाए । एमालेकै कारण अरुण तेस्रो पछाडि परेको बताए । ओली बालुवाटार बसेर नाम लेखाउन मात्र शिलान्यास गरेको भन्दै योजनामा एक रुपैयाँ पैसा नछुट्याएको बताए । उनले एमालेले अर्थ व्यवस्था तहसनहस गरेको आरोप लगाउँदै राजश्व संकलन थोरै चालू बजेट बढी देखाउने गरेको बताए । तर त्यो बजेट अन्त्यमा बीस  प्रतिशत पनि खर्च नगरेको बताए । विकासका नाममा जनताको जग्गा हडपेर मुअब्जा नदिने गरेकोले जनताले मुआब्जा माग्दा उल्टै प्रहरी लगाएर लाठीचार्ज गर्ने गरेको बताए ।