May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मोहन मैनालीको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक

मोहन मैनालीको किताब ‘आकाशमुखी’ को आवरण सार्वजनिक

काठमाडौँ । लेखक मोहन मैनालीद्वारा अनूदित निबन्धहरूको किताब ‘आकाशमुखी’को आवरण सार्वजनिक गरिएको छ । दशैँको अवसरमा प्रकाशनगृह बुकहिलले आफ्नो ट्विटर ह्यान्डलबाट आयोजना गरेको ‘कोट एन्ड आरटी’ अन्तर्गतका उपविजेताद्व्य ‘म्याउँ’ र ‘मस्तमौलाना’ले आवरण सार्वजनिक गरेका हुन् ।

प्रकाशित पुस्तक ।

सामाजिक संजाल ट्विटरमा चर्चित रहेका अपरिचित पाठकबाट आफ्नो पुस्तकको आवरण सार्वजनिक गराउन पाएकोमा लेखक मैनालीले खुशी प्रकट गरे । उनले भने, ‘सचेत पाठक नै लेखकभन्दा शक्तिशाली भएकाले लेखकलाई उर्जा प्रदान गर्न यस्ता कुराले मद्दत गर्छ ।’
किताबको आवरण चर्चित ग्राफिक डिजाइनर सचिन यगोल श्रेष्ठले बनाएका हुन् । मैनालीका मनपसन्द १५ वटा विदेशी निबन्धहरूको अनूदित सो किताब आगामी जनवरीमा बजारमा आउनेछ ।

Advertisement

सो अवसरमा लेखकद्व्य कुमार नगरकोटी र मोहन मैनालीले उपविजेताद्व्यलाई उपहार हस्तान्तरण गरे । विजेता ‘काजीबा’ कार्यक्रममा अनुपस्थित र उपविजेताद्व्यलाई करिब ४० हजार रुपैयाँबराबरका पुस्तक प्रकाशन गृह बुकहिलले उपहारस्वरूप प्रदान गरेको हो ।