May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली समाज रश्मोर शाखा अध्यक्षमा पुनः राई

नेपाली समाज रश्मोर शाखा अध्यक्षमा पुनः राई

अल्डरसट । जनता समाजवादी पार्टीको प्रवास अंग नेपाली समाजको महाधिवेशन नजिकिँदै जाँदा क्षेत्रीय अधिवेशनहरू हुने क्रम जारी छ । यहीँ क्रममा भर्खरै समाजको यूकेको रश्मोर क्षेत्रीय समितिको अधिवशेन पनि सम्पन्न भएको छ ।

शनिबार अल्डरटमा सम्पन्न भएको क्षेत्रीय अधिवेशनले पुनः प्रकाश राईलाई अध्यक्षमा निर्वाचित गरेको छ । पाँच सदस्यीय समितिको सचिवमा दर्गा नारायण राई, कोषाध्यक्षमा तारा बहादर गुरुङ र सदस्यहरूमा टेक बहादुर गुरूङ र जनक सुनुवार रहेका छन् । अन्य सदस्यहरू पछि थप हुने अध्यक्ष राईले बताए । अधिवशेनको बन्द सत्रको निर्वाचन मण्डलको अध्यक्षमा पार्टीका केन्द्रीय पार्षद जंग सुनुवार र सदस्यहरूमा प्रवास विशेष प्रदेश समिति मुख्य सचिव विश्वासदीप तिगेला र समाज यूकेका पूर्व अध्यक्ष धर्म तामाङ रहेका थिए ।

Advertisement

समाजको महाधिवशेन फेब्रुअरीमा, पार्टी अध्यक्ष डा. भट्टराई यूके आउँदै
यसैबीच, नेपाली समाजको आगामी महाधिवशेन २०२२ को फेब्रुअरी १२ मा हुने भएको छ । समाजको शनिबार सम्पन्न केन्द्रीय बैठकले महाधिवेशनको तयारीका लागि आवश्यक निर्णयहरू समेत गरेको अध्यक्ष बालकृष्ण राईले बताए । बैठकसँगै पार्टीको सङ्गठन सुदृढीकरण एवम् जागरण(सुज) अभियान पनि चलेको राईले जनाए ।

समाजको शनिबार सम्पन्न बैठकमा उपस्थित नेताहरु ।

उनले महाधिवशेनमा पूर्वप्रधानमन्त्री एवम् पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने बताए । यसका साथै, पार्टीका वरिष्ठ नेता अशोक राई पनि यूके आउने तय भएको जानकारी गराए । यसैगरी, महाधिवशेन सफल बनाउन विभिन्न समितिहरू समेत गठन भएको अर्का अध्यक्ष चन्द्र गुरूङले सिलौटी टाइम्सलाई बताए । महाधिवशेनका लागि अध्यक्ष निर्वाचन समितिमा केन्द्रीय सदस्य टेक बहादुर थापा, प्रवास विशेष प्रदेश समितिका नेता विश्वासदीप तिगेला र पूर्व अध्यक्ष धर्म तामाङ रहेका छन् । त्यसैगरी, अध्यक्ष मण्डल समितिमा पूर्व अध्यक्षहरू कमल गुरूङ, जंग सुनुवार र समाजवादी विद्यार्थी युनियन नेपालका नेता रामचन्द्र राई रहेका छन् । त्यस्तै, लेखा समितिमा धर्म तामाङ, राजेन्द्र नाल्वो, रामचन्द्र राई रहेका छन् ।

महाविधशेनमा प्रस्तुत हुने गरी विधान संशोधन समिति गठन भएको छ । जसमा उपाध्यक्ष कमल राई, महासचिव मिलनचन्द्र राई र उपमहासचिव लिला सेलिङ माबो रहेका छन् । त्यस्तै, व्यवस्थापन समितिमा अध्यक्ष बालकृष्ण राई, उपाध्यक्ष सुमित्रा राई, जयप्रकाश राई र होम सुनुवार रहेका छन् । महाधिवेशनको स्थान भने टुङ्गो लाग्न बाँकी रहेको छ । समाजको यूकेमा छ क्षेत्रीय समितिहरू सक्रिय छन् । यसैगरी, पहिचानमा आधारित लिम्बुवान समाज, तमुवान समाज, शेर्पालुङ समाज लगायतका समितिहरू पनि गठन भएका छन् । हालसम्म समाजको तीन महाधिवेशनहरू सम्पन्न भइसकेका छन् ।