May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतका दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्टद्धारा पुरस्कृत

बेलायतका दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्टद्धारा पुरस्कृत



काठमाण्डौं । बेलायतवासी दुई नेपाली युवाहरु ग्लोबल युथ पार्लियामेण्ट नामक संस्थाबाट बेग्लाबेग्लै विधामा पुरस्कृत भएका छन् । एनआरएनए यूकेका महासचिव खुशी लिम्बु र एनपीसीसी यूकेका सहमहामन्त्री इन्द्रहाङ लिङदेनलाई उक्त सम्मान मिलेको हो ।

Advertisement

समाजसेवा, पत्रकारिता र मानवीय कार्यहरुमा विगत १५ बर्षदेखिको सक्रियताका लागि खुशी लिम्बुलाई यस बर्षको ’ग्लोबल युथ लीडरशिप अवार्ड’ मिलेको छ भने अध्ययन, व्यापार र लगानीमा प्राप्त गरेको सफलताका लागि उद्यमशिल युवा इन्द्रहाङ लिङदेनलाई ’ग्लोबल युग अन्टरप्रन्यर अवार्ड’ मिलेको हो ।

युवा ब्यापार व्यावसायी इन्द्रहाङ लिङदेन बेलायतको सत्तारुढ कञ्जरगेटिभ पार्टीको फेल्थाम क्षेत्रको डेपुटी चेयरम्यान पनि हुन् ।

युवाहरुलाई जगाउँदै उनीहरुलाई मानवीय कार्यहरुमा उत्प्रेरित गराउन र नेतृत्वको विकास गर्न सन् २०२० मा स्थापित संस्था ग्लोबल युथ पार्लियामेण्टमा हाल ७३ वटा देशहरु सदस्य रहेका छन् ।

गत नोभेम्बर १९ तारिख राष्ट्रिय सभा गृहमा आयोजित पुरस्कार वितरण समारोहमा बिभिन्न देशहरुबाट ३० जना भन्दा बढी युवाहरुले बेग्ला बेग्लै विधाहरुमा पुरस्कृत भए ।

कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द किशोर पुनको हातबाट पुरस्कृतहरुले ट्रफी, मेडल र प्रमाणपत्र ग्रहण गरे ।

चार दिनसम्म चल्ने ग्लोबल युट पार्लियामेण्टको शिखर सम्मेलन आजबाट भने होटल र्याडिसनमा भइरहेको छ ।