May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सङ्खुवासभा समाज यूकेकाे आठौँ अधिवेशन सम्पन्न

सङ्खुवासभा समाज यूकेकाे आठौँ अधिवेशन सम्पन्न

अल्डरसट । सङ्खुवासभा जिल्लावासीहरूकाे सङ्गठन सङ्खुवासभा समाज यूकेकाे आठौं अधिवेशन सम्पन्न भएको छ ।

अल्डरसटकाे एम्पायर हदलमा सम्पन्न अधिवेशनले उत्तर सुन्दासकाे अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ । समितिकाे वरिष्ठ उपाध्यक्षमा हेमकला गुरूङ राना र उपाध्यक्षहरूमा टेक कुलुङ, उत्तर मगर र प्रकाश रावत, महासचिवमा कमल गुरूङ, उपमहासचिवमा कमल राई, सचिवमा सोम श्रेष्ठ, कोषाध्यक्षमा अमर राई उप-कोषाध्यक्षमा लोक बहादुर (अजम्बर) घले, सह कोषाध्यक्षमा राधा घले छन् ।

Advertisement

त्यस्तै, खाद्य पदार्थमा सन्गेन राई, महिला संयाेजकमा मीना रावत, कला साँस्कृतिक तथा मनोरञ्जन संयोजकमा प्रशान्त घले, युवा संयाेजकमा सन्देस राना, युवा सह-संयोजक श्री नयन गुरूङ, प्रमुख फोटोग्राफरमा बाबुराम गुरूङ, क्षेत्रीय संयोजक (अल्डरसट)मा शान्त माया गुरूङ रहेका छन् ।

अधिवेशनकाे एक झलक ।

ज्येष्ठ नागरिक बुद्धिमान राईकाे प्रमुख आतिथ्य र अतिथि हङकङबाट आएकी संखुवासभा समाज हङकङकी सदस्य रुक्मिणी सोम्याहाङ्ग लाओतीको अतिथ्यमा अधिवेशन सम्पन्न भएको निवर्तमान अध्यक्ष नैनसिंह गुरुङले जनाए ।

साताैँ कार्यसमितिको प्रतिवेदन तथा समीक्षा पश्चात संरक्षक विजय लिङ्थेपले दुई वर्षे कार्यकाल सफलताको साथ पुरा गरेकोमा धन्यबाद दिएका थिए । आठौ नयाँ कार्यसमिति चयनका लागि जिम्मा दिइएको निर्वाचन समितिकाे संयोजकमा प्रमुख सल्लाहकार बसुन्धरा याक्खा राई, सचिवमा सल्लाहकार टिका लोहोरूङ राई र सदस्यमा सल्लाहकार नर बहादुर तामाङ रहेका थिए ।