May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

लन्डन । नोभेम्बर २१ आईतबारका दिन नेपाली जनप्रगतिशील मन्च बेलायतको केन्ट ऐरियाको ऐतिहासिक क्षेत्रीय अधिबेशनबाट पार्टीका सक्रिय युवा नेता राष्ट्रीय कमिटी सदस्य क. मिलन नाल्बो जमिनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ।

केन्ट एरिया इन्चार्ज क.तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनमा जनप्रगतिशील मन्च बेलायतका अध्यक्ष क.सुरेश गौतम प्रमुख अतिथि र संगठन बिभाग प्रमुख क.मान बहादुर गुरुङ बिशेष अतिथि रहेका थिए । उक्त अधिबेशनले अध्यक्ष क.मिलन नाल्बो जमिन, सचिव रंजित लिम्बु , कोषाध्यक्ष दिनेश लिम्बु , सह-कोषाध्यक्ष मिना आले, सदस्यहरु तेजमान राई, चन्द्र लिम्बु, मणिराज राई, सुनिता लिम्बु र तारा लिम्बुलाई चयन गरेको छ।

Advertisement

कार्यक्रममा केन्ट क्षेत्रका सदस्यहरु क. पदम लिम्बु , क. तुल छन्त्याल, क.सुबास लिम्बु, क.बृज्म कुमार राई, क.शिला लिम्बु, क. सन्तोशी लिम्बु, क.सविन लिम्बु, क.हरि लिम्बु, क.नरेश लिम्बु, क. कुलराज लिम्बु, क.मुना लिम्बु, क मन लिम्बु, क.नविन राई, क. लोकेन्द्र लिम्बु, क. मिलन राई, क. सुबास लिम्बु, क. कुमार लिम्बु लगायत अधिकांशको उपस्थिति रहेको थियो।

दुई भागमा विभाजित कार्यक्रको खुल्लासत्रलाई क.मिलन नाल्बोले संचालन गरेका थिए भने बन्दसत्र पछि निर्वाचन मण्डल अध्यक्ष क.सुरेश गौतम, सदस्य क.मान बहदुर गुरुङ , सदस्य क.तुल छन्त्याल र सदस्य क.पदम राईलाई हस्तान्तरण गरिएको थियो। बन्दसत्र कार्यक्रमलाई क. पदम राईले संचालन गरेका थिए भने नयाँ कमिटीलाई अध्यक्ष क.सुरेश गौतम र सङ्गठन बिभाग प्रमुख क.मान बहादुर गुरूङ्ले शुभकामना दिएका थिए।

अन्त्यमा कार्यक्रमका सभापति क.तुल छन्त्यालले नवगठित समितीलाई बधाई तथा शुभकामना दिदैं एतिहासिक क्षेत्रीय अधिबेशन सफल बनाउन सहयोग गर्ने र शुभकामना दिने शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरि कार्यक्रमलाई समापन गरेका थिए।