May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

जिल्ला सभापति सहजै जित्ने शर्मा समूहको दाबी

झापा । विश्वप्रकाश शर्माको समूहले टक्कर दिन खोजेपनि नेपाली काँग्रेस झापाको प्रदेश क्षेत्रको अधिवेशनमा वर्चस्व कायम गरेको कृष्णप्रसाद सिटौलाको समूह निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा समेत हावी भएको छ ।

सोमवार भएको निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनमा जिल्लाका पाँचवटा क्षेत्रमध्ये तीनवटामा सिटौला समूहले विजयी हासिल गरेको हो । मंगलवार सम्पन्न मतपरिणाम अनुसार सिटौला समूहले क्षेत्र नं २ , ३ र ४ मा विजयी हासिल गरेको हो । त्यस्तै विश्वप्रकाश समूहले क्षेत्र नं १ र ५ मा जित हासिल गरेको छ । यसअघि प्रदेश क्षेत्रको अधिवेशनमा १० वटामध्ये ७ वटामा सिटौला समूह हावी भएको थियो । क्षेत्रीय अधिवेशनको परिणामलाई हेर्दा विश्वप्रकाशको बसोबास भएको १ नं क्षेत्रमा उनको दह्रो पकड देखिएको छ भने सिटौलाको ३ नं क्षेत्रमा उनकै पकड देखिन्छ । त्यस्तै क्षेत्र नं २ र ४ मा सिटौला पक्षको अग्रता देखिएको छ भने क्षेत्र नं ५ मा विश्वप्रकाशको उपस्थिति बलियो रहेको छ । पाँचवटै क्षेत्रको मत परिणामलाई जोड्दा सिटौला समूहको १७९२ र विश्वप्रकाश समूहको १४६६ मत हुन आउँछ । यसबाट मंसीर १० गते हुन लागेको जिल्ला अधिवेशनमा सिटौला समूहबाट उठेका देउकुमार थेबे स्वतः जिल्ला सभापतिमा निर्वाचित हुनेछन् । विश्वप्रकाश समूहले जिल्ला सभापतिमा रामबहादुर कट्टेललाई उठाएको छ । ‘क्षेत्रीय अधिवेशनको मत परिणामले हाम्रो समूहको जित सुनिश्चित देखिएको छ ’ सिटौला समूहका एक कार्यकर्ताले भने ।

Advertisement

क्षेत्र नं. १ को सभापतिमा बुढाथोकी निर्वाचित

झापा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
मत परिणामअनुसार बुढाथोकीले ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङले १७५ मत प्राप्त गरेका छन् । सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् ।त्यस्तै क्षेत्रीय सचिवमा सुरेन्द्र बुढाथोकी र गुणराज (राजन) भट्टराई निर्वाचित भएका छन् ।
सचिवमा बुढाथोकी २६३ र भट्टराई २५८ मत ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत ज्ञानेन्द्र निरौलाले जानकारी दिए ।
यसैगरी सहसचिवमा खगेन्द्र गिरी २४४ र दिपक काफ्ले २२६ मत ल्याई निर्वाचित भएको निरौलाले बताए । त्यस्तै महाधिवेशन प्रतिनिधिमा २५ जना निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा अशोककुमार पोखरेल ३८७, केशवराज पाण्डे ३३०, तारावीर कटुवाल ३०६, पंकजविक्रम नेम्बाङ ३६४, पुष्पराज पौडेल २८७, प्रेम सम्बाहाम्फे ३३० मणिकुमार उप्रेती ३३०, रामबहादुर कट्टेल ४११ मत ल्याई निर्वाचित भएका छन् ।
यस्तै विमल आचार्य ४२१ , लोकराज ढकाल ३१४, दुर्गादेवी खतिवडा २६७, उषा गुरुङ २६३, गोमा भट्टराई १८८ र चन्द्रकला भट्टराई १७० मत ल्याई निर्वाचित भएका छन् । यस्तै तेजप्रसाद चौलागाई (तेजु) ३८३, रोहितकुमार बुढाथोकी २८६, टिका सुवेदी बराल २६३, सुशिला रिजाल १८१, खड्गबहादुर धिमाल ३२३, बालाजित राई ३०२ मत ल्याई निर्वाचित भएका छन् । त्यसैगरी महाधिवेशन प्रतिनिधिमा डम्बरकुमारी थापा मगर ३०७, शोभा श्रेष्ठ ४४६, पोषककुमार दर्जी २२४, गौतम मजुमदार(विकी) २८६ र कालु मेचे ३०५ ल्याई निर्वाचित भएको निर्वाचन समिति सदस्य देवु बानियाँले बताए ।

२ नं. क्षेत्रीय सभापतिमा मैनाली पुनः विजयी
नेपाली कांग्रेस झापाको २ नं. क्षेत्रको क्षेत्रीय सभापतिमा खगेन्द्र मैनाली पुनः विजयी भएका छन् । मंगलवार बिहान सम्पन्न मतपरिणाम अनुसार मोहनकुमार लिम्बूलाई १५४ मतले पराजित गरी मैनाली दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापति निर्वाचित भएका हुन् । मैनालीले ३७० मत ल्याउँदा लिम्बूले २१६ मत पाएका छन् । त्यस्तै क्षेत्रीय सचिवमा रामबाबु धिमाल ३७८ र चन्द्रप्रसाद चुडाल ३२० मत ल्याई विजयी भएका छन् भने सहसचिवमा जीवन थापा ३७१ र नगेन्द्र बस्नेत ३६५ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै प्रत्यक्ष खुल्ला सदस्यमा जीवनकुमार भण्डारी ३७३, अजयकुमार देव ३६४ र इन्द्रमणी पौडेल ३२७ मतले विजयी हुँदा खुल्ला महिला सदस्यमा प्रभा नेपाल ३१४मतले विजयी भएकी छिन् । त्यस्तै खसआर्य तर्फको सदस्यमा रेतबहादुर बस्नेत ३६९, सिताराम सिटौला ३३८ , आदिवासी जनजातितर्फ बिरेन मेचे ३४७ , आदिवासी महिलातर्फ मिश्रकुमारी राई ३५६ , दलिततर्फ मनमाया विश्वकर्मा ३३९ र अल्पसंख्यकतर्फ सुदर्शनकुमार देव ३२७ मत ल्याई विजयी भएका छन् ।

त्यस्तै प्रदेश खुल्ला सदस्यतर्फ हिमाल सिटौला १६२ , वेदप्रकाश न्यौपाने १४८ , प्रदेश महिला सदस्यमा लक्ष्मीदेवी प्रसाई दाहाल १४९ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै खुल्ला महाधिवेशन प्रतिनिधिमा उद्धव थापा ४०२,शेरबहादुर थापा ३५० , सुधिरकुमार शिवाकोटी ३४२, जलकुमार गुरुङ ३३७ , गोेपालकुमार बस्नेत ३३३ , दीपक तामाङ ३०४ , दिपेन्द्रप्रसाद ढकाल ३०१ , छत्रबहादुर गिरी ३०० , खड्गप्रसाद प्रसाई २८७ र टीकाप्रसाद प्रसाई २८४ मत ल्याई विजयी भएका छन् । त्यस्तै खुल्ला महिला महाधिवेशन प्रतिनिधिमा उमा शिवाकोटी ३९६ , सिता पौडेल ३३३ , चन्द्रकला भण्डारी ३२९ र लीलादेवी निरौला कट्वाल ३२२ मतले विजयी हुँदा खस आर्य महिलातर्फ रंजिता कार्की ३७५ र भुमादेवी घिमिरे २७५ मत ल्याई निर्वाचित भएका छन् । त्यस्तै खस आर्य पुरुषतर्फ अनोजकुमार खड्का ३५३ , यज्ञप्रताप अधिकारी ३०८ , पुण्यप्रसाद ओझा ३०४ मतले जितेका छन् । त्यस्तै आदिवासी महिलार्फ राधा सुब्बा ३११, आदिवासी जनजाति पुरुषतर्फ खगेन्द्रविक्रम नेम्बाङ ३२३ , रमेशकुमार भुजेल २९१, दलिततर्फ हस्तबहादुर परियार २६१ र अल्पसंख्यकतर्फ पाण्डवलाल चौधरी २७८ मतसहित निर्वाचित भएका छन् ।
क्षेत्र नं ३ को सभापतिमा पोखरेल विजयी
झपा क्षेत्र नम्वर ३ को सभापतिमा युवा नेता गणेश पोखरेल अत्याधिक मतका साथ विजयी भएका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिने पोखरेलले ५२० मत प्राप्त गर्दा संस्थापन पक्षका राजेन्द्र घिमिरेले १०८ मतमा सीमित हुनु परेको छ ।
त्यसैगरी सचिवमा भूपाल बस्नेतले ५०६ मत र गीताप्रसाद भट्टराई ५०४ मतका साथ विजयी हुँदा संस्थापन समूहका एकल उम्मेदवार रूद्र खतिवडालाई १५३ मतमा सीमित बनाएका छन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा सिटौलानिकट दयानन्द गोस्वामी ५९४, नवीन विमली ५५४, श्याम सिटौला ५३५, भूमिप्रसाद राजवंशी ५१२, जगतबहादुर बस्नेत ५००, मोहन महर्जन ४६५, कृष्ण प्रसाई ४५१, टिकाराज ढकाल ४६०, सिताराम खड्का ४३७, विजय रिजाल ४२५, मनोज सुब्बा ४२१, रामप्रसाद दुलाल ४१४, खड्गसिंह राजवंशी ३९९, डम्बरसिंह सिंगु ३२७, उर्मिला गौतम ४८७, तारादेवी बाह्राकोटी ४६८, लता कार्की ४५४, शर्मिला अधिकारी ४२० र संस्थापन समूहबाट भगिरथ पोद्धार ४२९ मतका साथ विजयी बनेका छन् ।