May 12, 2024, Sunday
२०८१ बैशाख ३०, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

धरान । धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ ।
होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, कमिटीको उपाध्यक्ष प्रेम विक, सचिवमा डिकबहादुर तामाङ, सहसचिवमा धमानसिंह विक, कोषाध्यक्षमा मेनुका खड्का चयन भएका छन् । विधानअनुसार सदस्यमा ३५ जना रहेका छन् भने १० जनालाई मनोनित गरिएको निर्वाचित अध्यक्ष खवासले जानकारी दिए । कार्यक्रममा ३५ जना नगर प्रतिनिधिमा निर्वाचित बनेको उनले जानकारी दिए ।
कार्यक्रममा केन्द्रका केन्द्रीय सदस्य किरण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य मुक्सामहाङ मेन्याङ्बो, प्रदेश कमिटी सदस्य तथा धरान नगर इञ्चार्ज अइन्द्रविक्रम बेघा, जिल्ला समन्वय समिति सदस्य चोत्लुङ, अशोक राई, जिल्ला सदस्य दिलबहादुर रामदाम, धरान नगर अध्यक्ष सुदर्शन श्रेष्ठ, सचिव चेतना श्रेयङलगायतको उपस्थिति रहेको थियो ।
एमालेका नगर सदस्य माओवादीमा गए
कार्यक्रममा करिब ६ सयजना नेता कार्यकर्ताको बाक्लो उपस्थितिमा नेकपा एमालेका नगर सदस्य भरत तामाङ माओवादीमा प्रवेश गरेका थिए । तामाङसहित २० जना नेता, कार्यकर्ता माओवादीमा प्रवेश गरेको प्रदेश कमिटी सदस्य तथा धरान नगर इन्चार्ज बेघाले जानकारी दिए ।

नेकपा माओवादी धरानको कार्यक्रममा उपस्थित नेताहरू ।

Advertisement