चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा
टोकियो । किरात याक्थुङ चुम्लुङ, जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित भएका छन् । चुम्लुङ जापानको पाँचौं महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कियाचु, नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा मिति तदनुसार जुम भर्चुअलका माध्यमबाट सम्पन्न भएको अधिवेशनको बन्द सत्र राजधानी टोकियोको सिनओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा भएको थियो । अधिवेशनले ४१ सदस्यीय कार्य समिति निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रिद्धिबहादुर तुम्बाहाङ्फेले विज्ञप्ति जारी गरेर जनाएका छन् ।
समितिको उपाध्यक्षहरूमा देवेन्द्र लाओती, मनकुमार तुम्सा, लक्ष्मीहाङ आङ्बो, बालविक्रम तिगेला, अपेक्षा येङदेन, हरेन्द्र नाल्वो, आकाश तुम्बापो छन् । त्यस्तै, महासचिवमा मुक्साम लाओती, उप–महासचिवमा नरेश योङहाङ, सचिवहरूमा किशोर आङ्बुहाङ, रेखा तुम्बाहाङ्फे, इन्द्रदीप आङ्देम्बे, लाखध्वज मादेम्बा, युवराज लाओती, कोषाध्यक्षमा सन्दीपकुमार चेम्जोङ र सहकोषाध्यक्षमा बालकिशोर चेम्जोङ छन् । सदस्यहरूमा भने बुद्धिमान लिम्बू ‘जलन’, सानु योङहाङ, कृष्ण थाम्देन, दुर्गा नेम्वाङ, राजन पन्धाक, लासेमी केरूङ, खेम मिभक, बन्दना चेम्जोङ, सेसेहाङ तुम्रोक छन् ।
त्यस्तै, सुमन सिगू, अभिषेक आङ्बो, सुवास खुदाङ, सोनिया पयाङ्गू, विमल लिवाङ, रीतादेवी सम्बाहाङ्फे, लोकेन नेयोङहाङ, दीप सिंधावा, सुजल लिम्बु, हरि लुम्फङ्वा, सुजन आङ्वो, देवेन जवेगू, नविन वनेम, सन्तोष लिम्बु, कल्पना चेम्जोङ पनि सदस्यमा निर्वाचित भएका छन् । विज्ञप्ति निर्वाचन समितिका अध्यक्ष तुम्बाहाङ्फे र सदस्य सचिव देवीबहादुर इङ्नामले जारी गरेका छन् ।

कियाचुको विश्वभरका १९ वटा मुलुकहरूमा प्रवास समितिह क्रियाशील रहेका छन् । कियाचु जापानको स्थापना सन् २०१२ मा भएको थियो । केही महिनाअघि मात्रै चुम्लुङ जापानले ताप्लेजुङको पवित्रस्थल सेमुक्तुगोक मुक्कुमलुङ(पाथीभरा) क्षेत्रमा ‘मुक्कमलुङ केलाङ निङ्वासो स्तम्भ निर्माण गरेको थियो । यस्तै, याक्थुङ लिम्बु भाषामा विभिन्न विधाका पुस्तक प्रकाशनमा समेत काम गर्दै आइरहेको छ ।





प्रतिकृया दिनुहोस्