April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् ।

एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ ह्याराेमा हुँदैछ । यूके अधिवेशनले नेपाली काङ्ग्रेसकाे १४ ओैँ महाधिवेशनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । सभापति पदका लागि सुब्बासँगै अन्य चार जनाकाे उम्मेदवारी परेको निर्वाचन समितिका संयाेजक सम्पूर्णानन्द ढुंगानाले जनाएका छन् । जसका लागि वर्तमान सभापति युवराज गुरुङ, अर्का उपसभापति युवराज सिंह, महेश दाहाल र रिचर्ड गुरुङले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टी सभापतिमा यसअघि ‘सहमति’ भइसकेको चर्चा चले पनि राताे पासपोर्ट लिइसकेकाहरू सभापति पदमा उठ्न नमिल्ने केन्द्रीय निर्देशन आएको हुनाले मार्गप्रशस्त भएका कारण उपसभापति सुब्बा अघि बढेकी हुन् ।

Advertisement

एनपीसीसी यूकेकाे लाेगाे ।

सुब्बाले साढे पाँच वर्ष उपसभापति पदमा रहेर काम गरेकी छिन् । त्यस्तै, नाै वर्ष सहमहामन्त्री रहेर पदाधिकारीकाे अनुभव लिइसकेकी छिन् । उनी पार्टीको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानकी यूके सभापति समेत हुन् । युनिभर्सिटी अफ वेस्ट अफ इङ्ल्याण्डबाट बिजेनस विषयमा मास्टर्स गरेकी उनले दर्जन बढी सामाजिक संस्थाहरूमा रहेर पनि नेतृत्व तहको अनुभव लिइसकेकी छिन् । गैरआवासीय नेपाली सङ्घ(एआरएनए) यूके, ताप्लेजुङ समाज यूके लगायतमा रहेर याेगदान दिइसकेकी छिन् । उनले विशेषगरी ताप्लेजुङ जिल्लामा दुई दुई आगलागी हुँदा राहत सङ्कलनकाे अभियान कुशलतापूर्वक सञ्चालन गरेकी थिइन् । महिला नेतृत्व र समान अवसरका लागि लड्न आफूले नेतृत्वका लागि आकाङ्क्षा राखेको बताइन् । उनले पार्टीलाई विधि विधान, अनुशासन र पद्धतिमा चलाउन पनि आफू अगाडि बढेको खुलाइन् ।

पारिवारिक पृष्ठभूमिका कारण उनले राजनीतिलाई नजिकबाट नियालेकी छिन् । काेपिलाकी आमा लीला बाेखिम स्वयं पनि राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा लड्दै छिन् । उनी हाल पार्टीको ताप्लेजुङ सभापति पनि हुन् । सुब्बाले यूकेमा सभापति पदका लागि दह्रो लबिङ गरिरहेको र अधिकांश मतदाताहरू आफ्नाे जितेको पक्षमा रहेको सिलाैटी टाइम्सलाई बताइन् । एनपीसीसी यूकेकाे स्थापना सन् २००३ मा भएको थियोे ।