April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चितवनमा एमालेको शक्ति प्रदर्शन

चितवनमा एमालेको शक्ति प्रदर्शन

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ ।

चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् ।

Advertisement

उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए । महाधिवेशन उद्घाटनस्थल नारायणी किनारमा हजारौं मानिसहरु सहभागी भएका थिए । उद्घाटनस्थल वरपरका क्षेत्र नारायणगढ बजार र नारायणी पुलमा पनि मानिसको भीड थियो ।

महाधिवेशन उद्घाटनअघि एमालेले चितवन र नवलपरासीबाट जुलुस निकालिएको थियो । जुलुसमा जातीय भेषभूषासहितका टोलीहरु पनि सहभागी भएका थिए ।

उद्घाटनसत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले नेता रामबहादुर थापा, पार्वती रावलले सम्बोधन गरेका थिए ।