May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रदेश नं. १ का प्रमुख खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

प्रदेश नं. १ का प्रमुख खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन

खोटाङ । प्रदेश नं. १ का प्रमुख परशुराम खापङद्वारा शुभम ट्रेडिङ सेन्टर, अग्र्यानिक क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा स्थापित शुभम फाउण्डेशन अन्तगर्गत चलेका ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गरेका हुन् ।

Advertisement

शुभम फाउण्डेशन शुभद्रा राई तथा कृषि वैज्ञानिक मदन राईले निर्माण गरेका हुन् । फाउण्डेशनले सञ्चालन गरेको जनजागृति माध्यमिक विद्यालयमा १८३ विद्यार्थीले अभ्याससहितको अध्ययन गरिरहेका छन् । विद्यार्थीले गाइबारे अध्ययन गर्नुप¥यो भने गाईलाई नजिकबाट बुझ्नप¥यो भनेर प्रयोत्मक शिक्षाको थालनी गरेको फाउण्डेशनका संस्थापक सुर्य राईले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले मदन राईको अनुभवलाई नजिकबाट बुझेको बताएका थिए । मदन राईको ज्ञान, सीप नेपालको संर्वागिणत विकासको मेरुदण्ड हुने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई थियो । फाउण्डेशनबारे खोटाङबासीहरु जानकार रहेको र देशव्यापी प्रचार भइरहेको जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङले बताएका थिए । फाउण्डेशनले खोटाङबासीहरुको शान र मान बढेको पनि चाम्लिङको भनाई थियो ।

जनताको विकास, शिक्षा, स्वास्थ्य, पर्यावरणसँग प्रत्यक्ष जोडिएको शुभम फाउण्डेशनको ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटनमा आफूलाई सम्झिएकोमा आभार रहेको प्रदेश नं. १ प्रमुख परशुराम खापुङले बताए । फाउण्डेशनले मानिसलाई कसरी राख्ने, मुलुकलाई कृषिप्रधान बनाउन प्रत्यक्ष भूमिका खेलेको प्रदेश प्रमुखले बताए । “यतिको काम गर्न सकेको फाउण्डेशनलाई कसरी शुभकामना दिउँ भन्ने शब्द पाएकै छैन ।” प्रदेश प्रमुख खापुङको भनाई थियो ।

फाउण्डेशनका अध्यक्ष डा. मदन राईले माननीय परशुराम खापुङको नियुक्ति आफूलाई सबैभन्दा बढि मनमा गएको बताउनुभएको थियो । मृदुभाषाी, भलाद्मी र चट्टानी अडान लिनसक्ने खापुङलाई सुहाउँदो नियुक्ति मिलेको राईको भनाई थियो । स्कुलस्कुलमा फार्म हुनुपर्छ, उद्योग हुनुपर्छ अनिमात्रै शिक्षास्तर बढ्ने र बेरोजगारी घट्ने सोचबाट शुरु गरिएको फाउण्डेशनको अनुशरण गर्दै अहिले शिक्षामन्त्रालयले लागू गर्न खोजिरहेकोमा सरकारप्रति राईले आभार पनि व्यक्त गरेका थिए ।

अन्तर्जातीय र अन्तराष्ट्रिय विवाह पनि
कार्यक्रमकै अवसरमा यसै फाउण्डेशनमा कार्यरत कार्यरत रणवीर र बसन्ती राई, टेक कार्की र उषा राईबिच विवाह सम्पन्न भएको थियो । राजवीर भारतीय नागरिक हुन् । दिदीबहिनी बसन्ती र उषा राई फाउण्डेशनका संस्थापक सुर्य राईकी बहिनी हुन् । चारैजना यसै फाउण्डेशनमा कार्यरत छन् ।

विवाहभन्दा पनि दुईजनाको मिलन भन्न रुचाउने डा. मदन राईले आफूले चाहेजस्तै र खोजेजस्तै मिलेको बताएका थिए ।

नवविवाहितलाई प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समितिका सभापति बबि चाम्लिङ, प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, खोटाङस्थीत नेपाल आर्मी, जनपद तथा शसस्त्र प्रहरीका प्रमुखले आशिर्वाद दिएका थिए ।