April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सुनौली रुपौली चलचित्र बन्ने

सुनौली रुपौली चलचित्र बन्ने

काठमाडौँ । याक्थुङ लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र सुनौली रुपौली चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ ।

याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको पटकथा सागर केरुङ्ले लेखेका हुन् भने हाङ चेम्जोङले निर्देशन गर्ने भएका छन् । चलचित्रमा हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पूर्णबहादुर सेलिङ निर्माता रहेका छन् । छोरीचेलीको हक, अधिकार, संरक्षण र सम्बर्द्धनका लागि हरेक माइतीले लिइने रीत सुनौली रुपौलीको विषयमा बन्न लागेको चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ । भीम प्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पूर्णबहादुर सेलिङ, सागर केरुङको अभिनय रहने र केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक चेम्जोङले बताए ।

Advertisement