April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

साहित्यकार शर्माको उपन्यास विजुवा अमेजनमा

लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेका लेखक वासु शर्माले लेखेको उपन्यास विजुवा अब अमेजनबाट पढ्न सकिने भएको छ । उपन्यासलाई विश्वको सबै ठाउँमा रहेका पाठकलाई अध्ययन गर्न सहज बनाउन अमेजनमा राखिएको हो ।

गत मे महिनामा प्रकाशन भएको उपन्यास ६२ वर्षीय साहित्यकार शर्माको ११ औँ कृति हो । यसअघि उनका चार कविता संग्रह, एक एक गजल संग्रह, मुक्तक संग्रह, कथा संग्रह, लेख संग्रह, उपन्यास प्रकाशित भइसकेका छन् । अङ्ग्रेजी भाषामा लेखिएको उपन्यास लन्डन र नेपालको पृष्ठभूमिमा लेखिएको छ । ४५ वर्षदेखि साहित्य लेखन र सिर्जनमा तल्लीन रहेका शर्माले उपन्यासमार्फत् बेलायत र डायस्पोरामा हुर्किरहेका नयाँ पुस्तालाई मातृभूमि र नेपाली सँस्कृतिसँग जोड्ने प्रयास गरेका छन् । उपन्यासको कथा लन्डनमा बसोबास गर्ने एक किशोरलाई मुख्य पात्र बनाएर अगाडि बढ्छ । पुस्तकको मूल्य पेपरब्याकमा १३.९९ पाउन्ड र किन्डल संस्करणमा ५.७८ पाउन्ड रहेको छ ।

Advertisement

उपन्यासकार वासु शर्मा ।

साहित्य चौतारीका संयोजक समेत रहेका शर्मा सन् २००६ मा बेलायत प्रवेश गरेका थिए । नेपालको संखुवासभा मूल घर भएका उनले करिब तीन दशक नेपालमा रहँदा सामाजिक कार्यमा आफूलाई समर्पित गरेका थिए । उनी हाल सपरिवार वेलिङ केन्टमा बसोबास गरिरहेका छन् । उनी आबद्ध साहित्य चौतारीले सन् २०१६ देखि नियमित रूपमा मासिक साहित्य श्रङ्खला आयोजना गर्दैै आइरहेको छ ।