April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार अर्का प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन १ हजार आठ सय ४४ मत ल्याएर विजयी भए। थापाले १ हजार ६ सय १७ मत प्राप्त गरे । 

चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा विक्रम पाण्डे विजयी भए।  पाण्डे २५ सय २१ मत ल्याए। यस्तै अन्य दुई उपाध्यक्षमा ध्रुबबहादुर प्रधान र बुद्धिमान तामाङ निर्वाचित भएका छन् । प्रधानले १८ सय १४ मत र तामाङले १९ सय ४४ मत ल्याएर निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । 

Advertisement

उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भइन् । उनले १५ सय ८९ मत ल्याइन्। यस्तै महामन्त्रीमा धवल शमशेर राणा विजयी भए। उनले २२ सय २१ मत ल्याए । यस्तै अर्का महामन्त्रीमा भुवन पाठक विजयी भए। महामन्त्री महिला तर्फ प्रतिस्पर्धी रेखा थापालाई पराजित गर्दै कुन्ती कुमारी शाही निर्वाचित भइन। शाहीले २००८ मत ल्याउँदा थापाले १६४० भोट पाइन् । शाही अध्यक्ष कमल थापा प्यानलबाट र थापा लिङ्देन प्यानलबाट चुनाव लडेका थिए । नयाँ नेतृत्वको लागि थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।