April 18, 2026, Saturday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मातृभाषा काव्य यात्रा सुरु

मातृभाषा काव्य यात्रा सुरु

दक्षिण कोरिया । मातृभाषाको प्रबद्र्धनका लागि भन्दै भर्चुअल रूपमा अन्तर्राष्ट्रिय स्तरको मातृभाषा काव्य यात्रा २०२१ सुरु भएको छ । आदिवासी जनजाति समदायको मातृभाषालाई साहित्यका माध्यमबाट मूलधारमा ल्याउने उद्देश्यले मातृभाषा काव्य यात्रा गरिएको हो ।

आदिवासी जनजाति साहित्यकार लेखक महासंघ, दक्षिण कोरियाको आयोजनामा भइरहेको कार्यक्रममा १४ राष्ट्रभाषाबाट ५० कविहरू सहभागी भएको अध्यक्ष पराजित पोमूले जनाए । महासंघका केन्द्रीय अध्यक्ष राजन मुकारुङको प्रमुख आतिथ्य र भाषाविद् अमृत योञ्जनको विशेष आतिथ्यमा कार्यक्रम भइरहेको छ । योञ्जनले मातृभाषा साहित्य र खस नेपाली साहित्यबीचको अन्तर सम्बन्धबारे बोल्नेछन् । त्यस्तै, मदन पुरस्कार विजेता मुकारूङले आदिवासी जनजाति साहित्यबारे आफ्नो धारणा राख्नेछन् ।

Advertisement

कार्यक्रमको ब्यानर ।

कार्यक्रम दिलीप बान्तावा र सोनाम डोङ्वा ह्योल्मोले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन् । कार्यक्रममा नेपाल, साउदी अरब, दक्षिण कोरिया, जापान, यूके लगायतका मुलुकबाट साहित्यकारहरूको उपस्थिति रहेको छ । काव्य यात्रामा याक्थुङ लिम्बु, बान्तावा राई, वाम्बुले राई, धिमाल, नेवार, ढुट मगर, थारू, तामाङ, गुरूङ, कुलुङ, चाम्लिङ राई, सुनुवार, शेर्पा लगायतका मातृभाषी कविहरूले सिर्जना सुनाउने कार्यक्रम तय भएको आयोजक संस्थाका अध्यक्ष पोमूले बताए ।

भर्चुअल रुपमा सहभागीहरु ।