May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

रेडिङ्ग । परिवारभित्र पुस्तान्तर दूरी बढ्नुका कारण न्यूनीकरण गर्न सकिने उपायबारे रेडिङमा छलफल गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ ।

आइतबार ५ डिसेम्बरमा भएको छलफल एनआरएनए यूेकका एनसीसी सदस्य बालकृष्ण दाहालको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त गोष्ठीमा ३५ भन्दा बढी व्यक्तिहरुको सहभागिता थियो । जसमा ४० प्रतिशत भन्दा युवाहरु थिए । पुस्तान्तर दूरीबारे धारणा प्रष्ट पार्न तथा समूह छलफल अघि बढाउन सजिलो होस् भन्ने ध्येयले एकीकृत अनुसन्धान तथा विकास केन्द्र (आइआरडिसी) वर्कसायर यूके, सीआईसीका निर्देशक कृष्ण न्यौपानेले एक छोटो रोचक नाटक प्रस्तुत गरेका थिए ।

Advertisement

गोष्ठीमा सहभागी युवाहरु ।

चार समुहमा विभाजित छलफल गोष्ठिलाई डा बिष्णु घिमिरे, डा. वासु शर्मा पौड्याल, भरत पौड्याल, कृष्ण न्यौपाने, बाबुराम बाँस्तोलाले सहजीकरण गरेका थिए । समूह छलफलबाट आएका विचारहरुलाई डा. बिष्णु घिमिरे, भूमिका दाहाल, बियाँका दाहाल, क्रिप्सेन खड्का, सुशान्त चूँडालले रोमाञ्चक प्रस्तुति दिएका थिए । प्रस्तुति ज्यादै मार्मिक र सान्दर्भिक भएकाले युवाहरुका लागि सुहाउँदो एक कार्यक्रम निकट भविष्यमा संचालन गर्नका लागि युवा समुहलाई अनुरोध गरिएको थियो । प्रस्तुतिका क्रममा भाषा, इन्टरनेट सुविधा प्रयोग, शिक्षाको स्तर, बालबालिका अधिकार र दायित्व, संस्कृतिवारे गलत बुझाई, स्वतन्त्रताको अधिकार, काममा बढी समय दिनुपर्ने, परिवारभित्र समन्वयको अभाव, सोचाइँमा परिवर्तन र सुधारको अभाव, बच्चाका लागि समय दिन नसक्नु, वच्चाबच्चीप्रति हेरिने दृष्टिकोण र गरिने व्यवहार, आफ्ना राम्रो धर्म, संस्कृति नयाँ पुस्तामा हस्तान्तरणका लागि समयमा कार्यक्रम संचालन नगरिनु, आदि औंल्याएका थिए ।

कार्यक्रमको अन्त्यमा सम्पन्न गोष्ठीबारे डा. वासु शर्मा पौड्यालले आफ्नो धारणा राखेका थिए भने कार्यक्रमका सहभागीलाई संस्थाका निर्देशक बाबुराम बाँस्तोलाले धन्यवाद दिए । आइआरडीसी संस्था विधिवत रुपमा दर्ता भएको एक स्थानीय संस्था हो । संस्था सन् २०१३ सालदेखि रेडिङ्ग क्षेत्रमा कार्यरत छ । स्थानीय समुदायभित्र देखिएका समुदायिक स्वास्थ्य तथा वएल वीइङ्ग सम्बन्धी कम्युनिटी पार्टिसिपेटरी एक्सन रिसर्च, खानपान, व्यायाम, स्वास्थ्यका लागि पैदल यात्रा, कफी क्लब, किचन तथा गार्डेन एष्ट रिसाइक्लिङ्ग तालिम, केही एसियन तरकारी, जडिबुटी, फलफूल प्रबद्र्धन, क्लाईमेट चेञ्ज सम्बन्धी जनचेतना लगायतका कार्यक्रम गतिविधिहरू गर्दै आएको छ । यस संस्थाभित्र रहेर काम गर्न ईच्छुक विश्वविद्यालयका विद्यार्थी तथा युवा वर्गलाई प्रोत्साहन गर्दै आफ्ना कार्यक्रमहरू रेडिङ क्षेत्रमा विस्तार गर्दै अगाडि बढेको छ ।