July 25, 2024, Thursday
२०८१ श्रावण १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

काठमाडौँ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङ्मार लामा निर्वाचित भएका छन् । मञ्चको प्रथम महाधिवेशले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।

काठमाडौँको बौद्धमा भएको महाधिवेशनले सर्व सम्मतिमा चयन गरिएको समितिको उपाध्यक्षहरूमा धनबहादुर लेपचन, मनबहादुर तामाङ, डा. दिलबहादुर थोकर तामाङ, लेङ तामाङ, नुर्पू गेन्जेन शेर्पा, महासविचहरूमा अजय तामाङ, गोपाल तामाङ, पदम तामाङ, उपमहासचिवहरूमा दोर्जे तामाङ, सुमन भोटे (साङग्युर तामाङ), राकेश तामाङ, सचिवहरूमा निमा दोर्जे शेर्पा, अनुस्का लामा, अविनास गोले तामाङ, छन्तसिङ तामाङ, सम्झना तामाङ र अर्थसचिवमा छिरिङ लामा रहेका छन् । त्यस्तै, सचिवालय सदस्यहरूमा फुर्वा दोर्जे लामा, कर्मा तेन्जीङ लामा, रेशम योन्जन, सुमन राम माझी, सत्यमान तामाङ, विनोद गुरुङ, विशाल मोक्तान, मिङमार दिकी शेर्पा, साङगे शेर्पा, शुभसिङ तामाङ, धनबहादुर तामाङ, वीर बहादुर तामाङ, सोनाम तामाङ, सुभास तामाङ, कृष्ण तामाङ रहेका छन् ।

Advertisement

संघीय तामाङसालिङ मञ्च, नेपालका निर्वाचित अध्यक्ष मिङ्मार लामा ।

त्यस्तै, सदस्यहरुमा फुर्वा दोर्जे लामा, विर्ख बहादुर तामाङ, पासाङ लामा, कर्मा लंगदोक लामा, दावा जाङबो शेर्पा, पूर्ण तामाङ, सूर्य बहादुर तामाङ, सुक बहादुर तामाङ, रामकाजी तामाङ, दावा तामाङ पाख्रिन, सत्यमान तामाङ स्याङतान, अस्मिता स्याङ्तान, कृष्ण लामा, अशोक पाख्रिन, सुमन तामाङ, काले शेर्पा र दुवाक सिङ तामाङ रहेका छन् ।

महाधिवेशन सङ्घीय लोकतान्त्रिका राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको प्रमुख आतिथ्यतामा भएको थियो । मञ्चले लिम्बुवान, किरात खम्बुवान, तामाङसालीङ, शेर्पालुङ, नेवाः, तमुवान, मगरात, थरुहट, खसान, मधेश र गैरभोगोलिक दलित (शिल्पी) प्रदेश गरी ११ प्रदेशहरूको प्रस्ताव गरेको छ । संलोरामको स्थापना वि.सं. २०६२ मा भएको थियो ।