May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

सिड्नी । अष्ट्रेलियाको स्थानीय चुनावमा इतिहास रच्दै काउन्सिलर पदमा पहिलो पटक नेपाली महिला भद्रा वाइबा विजयी बनेकी छिन् ।

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थानीय व्यांक्सटाउन काउन्सिलको भर्खरै सम्पन्न चुनावमा काउन्सिलर पदमा लेबर पार्टीको तर्फबाट वाइबा विजयी भएकी हुन् । उनी नेपाली राजनीतिमा जनता समाजवादी पार्टीनिकटकी व्यक्ति समेत हुन् ।

Advertisement

चुनावी अभियानमा वाइबा ।

पेशाले नर्स रहेकी वाइबाले यो जीतले स्थानीय समूदायको हितमा काम गर्न आफुलाई ऊर्जा दिएको प्रतिक्रिया दिएकी छिन् । भद्र वाईबा अष्ट्रेलियाको राजनीतिमा काउन्सिलर पदमा विजयी हुने पहिलो नेपाली आदिवासी जनजाति महिला समेत हुन् । चुनावमा सहयोग गर्ने सबैलाई र आफ्नो वार्डका सबै नागरिकलाई वाईबाले धन्यवाद ज्ञापन गरेकी छिन् । सन् २०१९ को आँकडाअनुसार काउन्सिलको जनसंख्या ३,७८,००० रहेको छ । यो काउन्सिल अष्ट्रेलियाकै चौथो धेरै जनसंख्या भएको काउन्सिलमा पर्छ ।