May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

हात्तीले दिनहु आतंक मच्चाए पछि झापाका स्थानीय त्रसित

झापा । झापाको  कमल गाउँपालिका–५ स्थित सिम्लेमा केही दिनयता देखि दिनहुँजसो जंगली हात्तीले आतंक मच्चाउँदै आएको छ ।

बस्तीसँगैको रतुवामाई वृक्षरोपण आयोजनाको जंगल क्षेत्रबाट निस्कने जंगली हात्तीले आतंक मच्चाउँदै आएपछि त्यहाँका वासिन्दा त्रसित हुन पुगेका छन् ।

Advertisement

रातिपख देखापर्ने हात्तीले अन्नबालीसँगै घरमै आक्रमण गर्न थालेपछि रातभर त्रसित हुनुपरेको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए । उनका अनुसार हात्तीले सिम्लेसहित टुक्रे, क्याम्पा लगायतका बस्तीमा दिनहुँजसो आतंक मच्चाउँदै आएको छ ।

बुधवार मात्रै सिम्लेका कृष्णप्रसाद राईको घरमा हात्तीले क्षति पुर्‍याएको छ । राईको घरमा राखेका धानसहित अन्नबाली खाएर नष्ट पारेको हो ।
दिनुहुँजसो हात्तीले बस्तीमा आतंक मच्चाउँदै आएपछि स्थानीयले हात्ती नियन्त्रणको माग गदैआएका छन् । त्यस बस्तीमा बर्सेनि हात्तीले क्षति पुर्‍याउँदै आएको छ ।