March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड

लन्डन । बेलायतको अल्डरसटमा रहेका दुई वटा सुन पसलमा तोडफोड भएको छ । नेपाली व्यवसायीबाट सञ्चालित न्यू लक्ष्मी ज्वेलर्स र अनुग्रह ज्वेलर्समा बिहीबार राति तोडफोड गरिएको हो ।

समाचार स्रोतका अनुसार राति ३ बजेर १० मिनेटमा जाँदा दुवै सुन पसल राखिएको सटर एकैचोटी तोडफोड गरिएको हो । ती पसलहरुमा अहिले प्रहरीले सिल गरेर अनुसन्धान जारी राखेको जनाइएको छ । तोडफोडमा संलग्न व्यक्ति/समूहहरुबारे अनुसन्धान जारी राखिएको छ भने क्षतिको विवरण पनि एकीन भइसकेको छैन । बेलायतका विभिन्न ठाउँमा सञ्चालित व्यवसायमा बेला बेला चोरी तथा तोडफोडका घटनाहरु हुँदै आएका छन् ।

Advertisement