March 26, 2024, Tuesday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

यूकेको घरबारविहीनका लागि सगरमाथा गोरखा नेपाली समाजको सहयोग संकलन

आसफोर्ड । देशको सबैभन्दा ठूलो चाड ख्रिष्टमस नजिकिँदै जाँदा घरबारविहीनका लागि भन्दै सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले सहयोग संकलन सुरु गरेको छ ।

घरबारविहीनका लागि खाद्यान्न संकलन गर्दैै पदाधिकारी ।

ख्रिष्टमस लक्षित भएर समाजले गत डिसेम्बर एकदेखि घरबारविहीन र सडकमा रहेका आश्रित व्यक्तिहरूलाई खाद्यान्न उपलब्ध गराउने हिसाबले खाद्यान्न एवम् रकम संकलन सुरु गरेको हो । सहयोग बेलायतको केन्ठ र मिडवे क्षेत्रका घरबारविहीनलाई उपलब्ध हुने समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले सिलौटी टाइम्सलाई जनाए । उनले डिसिेम्बर ८ तारिखदेखि आसफोर्ड नगरका सबै नेपाली र केही गैरनेपाली सञ्चालित खाद्य एवम् किराना पसलहरूमा खाद्य संकलनका लागि बाकस राखिएको समेत बताए ।

Advertisement

समाजका महासचिव एवम् संकलन अभियानका संयोजक नाल्वो ।

आसफोर्ड क्षेत्रमा रहेका नेपालीहरूको साझा सामाजिक संस्थाका रूपमा क्रियाशील सगरमाथा गोरखा नेपाली समाजले सन् २०१५ देखि खाद्य बैंकलाई उपलब्ध गराउने गरी सहयोग एवम् खाद्यान्न संकलन अभियान गर्दै आएको छ । यो अभियान प्रत्येक वर्ष ख्रिष्टमस पर्व एवम् नयाँ वर्षअघि सञ्चालन हुने गर्दछ ।

गत वर्ष स्थानीय खाद्य बैंकलाई रकम उपलक्ध गराउँद्रै समाजका पदाधिकारीहरु ।

समाजले महासचिव शैलेन्द्र नाल्वोको संयोजकत्वमा यस वर्ष आर्थिक सहयोग संकलन कार्यक्रम अघि बढाएको छ । उक्त संकलित सहयोग रकम र खानपिन संयोजकको सूचीअनुसार ख्रिष्टमस लाग्नुअघि हस्तान्तरण गरिने छ । यो पर्व डिसेम्बर २५ मा संसारभर मनाउँदै गरिँदै आएको छ । घरबारविहीनहरुलाई देशको महान् चाड ख्रिष्टमस मान्न खानापिनको अभाव नहोस् भनी यो कार्यक्रम गर्दै आएको महासचि नाल्वोले जनाए । अभियानलो नेपाली र स्थानीय बेलायती समुदायबीच भातृत्व एवम् सहकार्यको भावना विकास गर्न पनि मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

कोभिड महामारीका बावजुद सन् २०२० मा समेत सहयोग संकलन गरेर हस्तान्तरण गरिएको थियो । यसपटक पनि असहज नहोस् भन्ने उद्देश्यले रकम र खाद्यान्न दुवै संकलन गरिँदै गरेको अध्यक्ष कप्रसाद छन्त्यालले बताए । सन् २०२० मा समाजले फेमिली फुड बैंकलाई १,३९७ पाउन्ड ७२ पेन्स रकम उपलब्ध गराएको थियो । समाजको स्थापना सन् २००४ मा भएको हो ।

सरगमाथ गोरखा नेपाली समाज आसफोर्ड केन्टको लोगो ।

कोभिड महामारीका कारण घरबारविहीन हुनेको संख्या बढेको सरकारी आँकडाले जनाएको छ । बीस पाउन्डको युनिभर्सल क्रेडिट र फर लो स्किम हटाएसँगै सडकमा आश्रित हुनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । क्राइसिस भन्ने संस्थाले जनाएअनुसार सन् २०२० मा इङ्ल्याण्डमा राज्यमा मात्रै तत्काल सडकमा जानेहरूको संख्या दुई लाख आसपास रहेको थियो । इङ्ल्याण्डका काउन्सिहरूले सन् २०२० अप्रिल महिनादेखि २०२१ मार्चसम्म २,६८,५६० घररपरिवार एवम् घरबारविहीनहरूलाई राहत उपलब्ध गराएका थिए । देशको राजधानी लन्डनमा मात्रै ११,०१८ मानिसहरू घरबारविहीन अवस्थामा सडकमा रहेको तथ्यांकले देखाएको छ । दक्षिणपूर्वी केन्ट काउन्टीमा ९,३०० बढी घरबारविहीन मानिसहरू रहेको पर्चलाइटले उल्लेख गरेको छ ।