April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् ।

बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको गीतकार लिम्बुले जनाइन् । नेपालका चर्चित पाश्र्व गायक दीपक लिम्बु र जुनू राईको स्वर रहेको गीतमा सुमन राईको संगीत सुन्न सकिन्छ । अहिलेका व्यस्त म्यूजिक भिडियो निर्देशक युगल पोमोकोको निर्देशनमा रहेको गतिमा पोमो र सलमोन तामाङको कोरियोग्राफी रहेको छ । पौने पाँच मिनेट लामो रोमान्टिक गीतमा क्रिस्टिना थापा र कुन्साङ बोम्जनले अभिनय गरेका छन् ।
राजु कार्कीको एरेञ्ज, गोविन्द सोनीको मिक्सिङ मास्टरिङ, अनिल कुमारको सम्पादन र रंग संयोजन, बुद्ध थापाको सिनेमाटोग्राफी रहेको छ । त्यस्तै, भेषभूषामा भ्यालेन्टियोन बुटिककी सुनिता चौँलागाई, निर्माण प्रमुखमा मिलन थापा रहेका छन् । गीतको पोष्ट प्रोडक्सन जेनेक्स मिडिया नेपालको रहेको छ ।

Advertisement

गीतकार जानुका काम्वाङ लिम्बु ।

साहित्यमा विशेषगरी गीत, कविता, निबन्ध, नियात्रा, कथा विधामा कलम चलाउने सर्जक लिम्बुले हालसम्म करिब डेढ सय गीतहरू रेकर्ड गराइसेकेकी छिन् । उनका तीन कृतिहरू प्रकाशित छन् । एक नियात्रा र दुई उपन्यासहरू प्रकाशोन्मुख रहेका छन् । उनका फुटकर लेख, निबन्ध गीतहरू पनि प्रशस्त मात्रामा प्रकाशित भएका छन् । ताप्लेजुङ इखाबुकी सर्जक सन् २००७ मा हङकङ हुँदै बेलायत प्रवेश गरेकी हुन् । उनी सन् २००१ देखि गम्भीर रूपमा लेखन कार्यमा लागेकी छिन् । उनी विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेको उपाध्यक्ष, नेपाली प्रतिभा प्रतिष्ठानकी आजीवन सदस्य, ताप्लेजुङ समाज यूकेकी सचिव समेत हुन् ।