April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नरेन्द्र-कमला आङबोहाङ स्मृति पुरस्कार मरणाेपरान्त साहित्यकार  स्व. नवल फाइवलीलाई प्रदान

नरेन्द्र-कमला आङबोहाङ स्मृति पुरस्कार मरणाेपरान्त साहित्यकार स्व. नवल फाइवलीलाई प्रदान

झापा । किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा झापालाई जग्गा र भवन प्रदान गर्नुहुने दाता स्व. नरेन्द्र बहादुर आङबोहाङ्को ९४ ओैँ जन्म-जयन्ती बिर्तामोडस्थित चुम्लुङहिममा पुस ६ गते विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कार्यक्रमकाे एक झलक ।

कार्यक्रमको अवसरमा समाजसेवी तथा साहित्यकार नरबहादुर याेङहाङ (नवल फाइवाली) लाई नरेन्द्र-कमला आङबोहाङ स्मृति साहित्यकार पुरस्कार मरणोपरान्त प्रदान गरिएको छ भने दाता परिवार श्री ज्ञानेन्द्र आङबोहाङ, लक्की आङबोहाङ र रेखा आङबोहाङज्यूहरूलाई सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ केन्द्रीय सल्लाहकार जीतबहादुर लाओती र विशिष्ट अतिथि झापा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनज्यूले संयुक्त रूपमा फूलमाला र दोसल्ला ओढाएर दाता परिवारलाई सम्मान गरेका थिए ।

Advertisement

वार्षिक रूपमा प्रदान गरिने नरेन्द्र-कमला आङबोहाङ स्मृति साहित्य पुरस्कार यस वर्ष झापा अर्जुनधारा-७ निवासी स्व. नरबहादुर योङहाङ (नवल फाइवाली) लाई मरणोपरान्त रूपमा प्रदान गर्दै उनका सुपुत्र कियाचु झापा शाखाका सदस्य गौरव योङहाङलाई प्रमुख अतिथि लाओती र विशिष्ट अतिथि लिङ्देनबाट संयुक्त रूपमा हस्तान्तरण गरिएकाे थियो ।

दिवंगत आङबाेहाङहरूकाे प्रतिमा ।

झापाको बिर्तामोड-१ स्थित सिरिजङ्गा चौकमा १ कट्ठा ७ धुर जग्गा र सोही जग्गामा एकतले भवन निर्माण गरी कियाचु झापालाई प्रदान गर्नुहुने स्व. आङबोहाङको प्रत्येक वर्ष यसरी नै जन्म-जयन्ती मनाउने गरिन्छ । उनकाे दानीय योगदानलाई महत्वका साथ लिँदै आयोजना गरिएको कार्यक्रममा स्व. आङबोहाङ्प्रति श्रद्धाभाव राख्दै उनको जीवन चर्चा गरिएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि कियाचु केन्द्रीय सल्लाहकार जीतबहादुर लाओती, विशिष्ट अतिथि झापा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देन, राष्ट्रिय चुम्लुङ सदस्य जनबहादुर जवेगू, जिल्ला सल्लाहकार क्या. जगनध्वोज वनेम, दाता परिवार रेखा आङबोहाङ, बिर्तामोड नगर अध्यक्ष हिमालयप्रकाश कन्दङ्वा लगायतका महानुभावहरूले आ-आफ्नो मन्तव्य राखेका थिए ।

समारोह कार्यक्रममा जिल्ला चुम्लुङ सह-सचिव कविन्द्र शेर्माले स्वागत मन्तव्य राखेका थिए भने चुम्लुङ जिल्ला सदस्य योगचन्द्र आङबोहाङले कार्यक्रमको ओैचित्य प्रष्ट्याएका थिए ।

दाता स्व. नरेन्द्र आङबोहाङको संक्षिप्त जीवनचर्चा चुम्लुङ जिल्ला सदस्य धर्म लक्सम्बाले गरेका थिए । चुम्लुङ जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा सम्पन्न समारोहमा बिर्तामोड-१ स्थित सिरिजङ्गा केलाङ समूहले केलाङ प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन चुम्लुङ जिल्ला सचिव प्रेमचन्द्र लिम्बूले गरेका थिए ।