April 12, 2026, Sunday
२०८२ चैत्र २९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सय घर बाढीपीडितलाई राहत वितरण

सय घर बाढीपीडितलाई राहत वितरण

मिक्लाजाेङ । धनकुटा, पान्थर, इलाम र मोरङको संगम स्थल ६ नं. बुधबारेमा गत असोज ३१ गते गएको बाढीका कारण पीडित भएका ७३ घर परिवारलाई राहत वितरण गरिएको छ ।

पान्थरको मिक्लाजुङ गापा वडा न. ७ र ८ धनकुटा चौबिसे गापा वाड न. १ र २ गरी ७३ घर धुरीलाई छ न. बुधबारे बजारमा राहत वितरण गरिएको छ भने बाँकी मिक्लाजुङ गापा- ५ चिसोपानीमा २७ घर धुरीलाई राहत वितण गरिने छ ।

Advertisement

बाडीपीडितहरुलाई एक घर बराबर २५ केजी चामल, १० केजी आटा, दाल, नून, तेल, चिनी, साबुन गरी ५ केजी वितरण गरिएको थियो । चुजी फाउन्डेसनको सहयोगमा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता जनता समाजवादी पार्टी, नेपालका जनसङ्गठन समाजवादी युवा संघका केन्द्रीय कोषाध्यक्ष तथा समाबेशी समाज विकास, नेपालका अध्यक्ष मनकला लिम्बुले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, जसपाका केन्द्रीय सल्लाहकार हेमकर्ण तुम्सा, जसपा प्रदेश न १ का सदस्य रामराय माझी , जसपा मिक्लाजुङ्ग गाउँपालिका सहसचिव नेल्कन माखिम, जसपा मिक्लाजुङ- ८ का अध्यक्ष गङ्गा लाओतीले गरेका थिए ।

जनता समाजबादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा बियोन्ड बेजिङ्ग नेपालका अध्यक्ष सुशीला श्रेष्ठले चुजी फाउन्डेशनमार्फत नेपालका लागि ७०० घर धुरीलाई राहत वितरणका लागि पहल गरेकी हुन् ।