May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घरबारविहीनलाई खाद्यान्न प्रदान

घरबारविहीनलाई खाद्यान्न प्रदान

आसफोर्ड । चाडपर्वका बेला खानपिनको अभाव नहोस् भन्ने उद्देश्यले सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्डले घरबारविहीनका लागि खाद्यान्न प्रदान गरेको छ । बेलायतीहरूको ठूलो पर्व ख्रिष्टमसको अवसरमा पहुँच हुने गरी कम्युनिटीले खाद्य सामग्री दान गरेको हो ।

खाद्य बैंकका अधिकृतलाई संकलित रकमको चेक हस्तान्तरण गर्दै समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिंगक ।

बुधबार आयोजना गरेको हस्तान्तरण कार्यक्रममा सगरमाथा समाजका पदाधिकारीहरू उपस्थित भएर खाद्य बैंकलाई खाद्य र रकम हस्तान्तरण गरिएको समाजका वरिष्ठ उपाध्यक्ष डम्मर सिङ्गकले बताए । उनका अनुसार महासचिव शैलेन्द्र नाल्वोको संयोजकत्वमा खाद्यान्न संकलन र दान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जनाए । घरबारविहीनका भनेर आसफोर्ड फुड बैंकमार्फत् ३० बाकस खाद्य र तीन सय पाउण्ड रकम हस्तान्तरण भएको थियो । सन् २०१५ सालदेखि केन्टका घरबारविहीलाई देशको महान् चाड ख्रिष्टमस मान्न खानपिनको अभाव हुन नदिन च्यारिटीमा आधारित कार्यक्रम गर्दै आएको हो । गत साल २०२० मा लकडाउन भएका कारण भने खाद्यान्न सङ्कलन गर्न सम्भव नभएपछि समाजले नगद सहयोग गरेको थियो ।

Advertisement

संकलित खाद्यान्न ।

डिसेम्बेर ८ तारिखदेखि आसफोर्डका सबै नेपाली पसलहरुमा खाद्य संकलन गर्ने बाकसहरु राखिएको थियो । २१ डिसेम्बरभित्र खाद्य र रकम संकलन भएको महासचिव नाल्वोले बताए । आसफोर्डका स्टोर ९३ लिमिटेड, गोरखा सपर स्टोर, हिमालयन गोरखा मिनी मार्केट, भेराइटी क्यास एण्ड क्यारी, लक्की स्टार लगायतका नेपाली पसल र स्टोरहरूबाट दाताहरूको सहयोग संकलन गरिएको थियो ।

कोभिड महामारीका कारण घरबारविहीन हुनेको संख्या बढेको सरकारी आँकडाले जनाएको छ । बीस पाउन्डको युनिभर्सल क्रेडिट र फर लो स्किम हटाएसँगै सडकमा आश्रित हुनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । क्राइसिस भन्ने संस्थाले जनाएअनुसार सन् २०२० मा इङ्ल्याण्डमा राज्यमा मात्रै तत्काल सडकमा जानेहरूको संख्या दुई लाख आसपास रहेको थियो । इङ्ल्याण्डका काउन्सिहरूले सन् २०२० अप्रिल महिनादेखि २०२१ मार्चसम्म २,६८,५६० घररपरिवार एवम् घरबारविहीनहरूलाई राहत उपलब्ध गराएका थिए । देशको राजधानी लन्डनमा मात्रै ११,०१८ मानिसहरू घरबारविहीन अवस्थामा सडकमा रहेको तथ्यांकले देखाएको छ । दक्षिणपूर्वी केन्ट काउन्टीमा ९,३०० बढी घरबारविहीन मानिसहरू रहेको पर्चलाइटले उल्लेख गरेको छ ।