April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

काठमाडौं ।  साताको दोस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजार आज ६९.७७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय २१.६५ को विन्दुमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले घटेर ४७१.८९ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे पाँच अर्ब रुपैयाँ बढीको भएको छ ।

Advertisement

आज नेप्सेमा उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक ५.१५ प्रतिशतले ओरालो लागेको छ ।

अन्य समूह ४.६२ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.५६ प्रतिशत, व्यापार समूहमा २.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३७ प्रतिशत, विकास बैंक समूहमा ३.९२ प्रतिशत, जलविद्युत समूहमा ३.८३ प्रतिशत, वित्त समूहमा ३.३१ प्रतिशतले गिरावट आएको छ ।

यस्तै उत्पादन तथा प्रशोधन समूहमा १.७२ प्रतिशत, लघुवित्त समूहमा २.३७ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.०६ प्रतिशत र लगानी समूहमा ३.७३ प्रतिशतको गिरावट आएको छ ।

धेरै कारोबार गर्ने कम्पनीहरू

सोमबार नेप्सेमा सूचीकृतमध्ये २३८ कम्पनीका १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा किनबेच भएका छन्।

आज नबिल बैंकको सर्वाधिक ३० करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम् सिमेन्टको २६ करोड ३७ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको २४ करोड ९७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ४१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १८ करोड ३५ लाख रुपैयाँकाे काराेबार भएकाे छ।