April 14, 2024, Sunday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्वारा इङ्नाम र तुम्खेवा सम्मानित

काठमाडौं । अनुप लिङ्देन स्मृति प्रतिष्ठानद्धारा प्रदान गरिने २०७८ को सम्मान मदन पुरस्कार विजेता भगीराज इङ्नाम तथा पुरस्कार साहित्यकार ,अभियन्ता तथा पत्रकार विमला तुम्खेवालाई प्रदान गरिएको छ ।

प्रतिष्ठानद्वारा सम्मानित व्यक्तिहरू ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा २०७८ को सम्मान मदन पुरस्कार विजेता इङनामलाई र पुरस्कार तुम्खेवालाई प्रदान गरिएको हो । तुम्खेवालाई प्रमाणपत्र र २१ हजार राशिको पुरस्कार प्रमुख अतिथि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हस्तान्तरण गरे ।

Advertisement

राप्रपा अध्यक्ष लिङ्देनल स्वर्गीय अनुप लिङ्देन लिम्बु समाजमा मात्र नभएर समग्र समाज विकासको निम्ति महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यवसायी र राजनीतिकर्मी थिए । उनको सम्झनामा स्थापित सम्मान तथा पुरस्कारबाट साहित्य, शिक्षा, कला, संस्कृतिलगायत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको अनुपका धर्मपत्नी तथा साहित्यकार अप्सरा लाओेतीले बताइन् ।

कार्यक्रममा करिब एक सय पचास भन्दा बढि विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तित्वहरुको उपस्थिति थियो ।

कार्यक्रममा बाेल्दै स्व. लिङ्देनकी पत्नी साहित्यकार अप्सरा लाओेती ।

स्व. लिङ्देनकाे जन्म ताप्लेजुङको मेहेलेमा २०३० पुस १८ गते भएको थियाे । उनी २०५६ मा काठमाडौं छिरेर आफूलाई स्थापित गर्न सङ्घर्ष गरेका थिए । साेही क्रममा २०५८ मा पान्थरकी लाओेतीसँग उनको विवाह भएको थियाे । उनीहरूका दुई छाेराहरू छन् । आठ वर्षकाे साइप्रस बसाइँपछि स्व. लिङ्देन नेपाल फिरेर समाजसेवा, राजनीति र व्यवसायमा संलग्न भएका थिए । उनकाे गत २०७८ असार १४ मा सडक दुर्घटनामा परी निधन भएको थियाे ।