April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

रुक्साना लिम्बुलाई भ्वाइस किड्सकाे उपाधि जिताउन अभियान तीव्र बन्दै

लन्डन । दी भ्वाइस किड्सकाे उत्कृष्ट १६ मा पुगेकी झापाकी रुक्साना लिम्बुलाई जिताउन देश विदेशमा अभियानहरू तीव्र भएका छन् । आठ वर्षीया लिम्बुका लागि नेपाल लगायत विभिन्न ठाउँहरूमा रुक्साना लिम्बु जिताउ अभियान सञ्चालन भइरहेका छन् ।

रुक्साना लिम्बुसँगै अन्य १५ बाल प्रतिस्पर्धहरू उत्कृष्ट ८ मा स्थान सुरक्षित गर्दै साेझै फाइनलकाे यात्रा तय गर्ने दाउमा छन् । शुक्रबारकाे एपिसाेडमा उत्कृष्ट ८ चयन हुनेछन् । नेपालमा चलचित्र निर्देशक हाङ चेम्जोङकाे संयाेजकत्वमा रुक्साना लिम्बुु जिताउ अभियान सञ्चालन भइरहेको छ । अभियान समूहमा गायक गायिका, कलाकार, सामाजिक अभियन्ता, सञ्चारकर्मी, व्यवसायी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू आबद्ध छन् । अभियानले बिहीबार रुक्सानाका लागि र्‍याली निकालेकाे समेत संयाेजक हाङ चेम्जोङले बताए । शुभचिन्तकहरूले निकालेको र्‍याली ललितपुरकाे चापागाउँ दाेबाटाेकाे पीपलबाेटदेखि मिलन चाेकसम्म पुगेकाे उनले जनाए । आफ्नी छाेरीलाई अहिलेसम्मकाे साथ र सहयोगका लागि सबैलाई धन्यवाद दिँदै फाइनलमा पुर्‍याउँदै उपाधि जिताउन आमा रेखा लाओती लिम्बुले सबैलाई आग्रह गरिन् ।

Advertisement

र्‍याली एवम् घरदैलो अभियानमा सहभागी समर्थकहरू ।

कार्यक्रममा कलाकार एवम् सर्जक यासेली याेङहाङ, गायिका मेचु धिमाल, चुम्लुङ महासचिव निरन्ती तुम्बापाे, लिम्बु विद्यार्थी मञ्च अध्यक्ष दीपा लक्सम, सञ्चारकर्मी सङ्गीता सुहाङ लगायत सहभागी थिए ।

यसैगरी, रुक्सानालाई जिताउन पूर्वकाे पान्थर, झापा, सुनसरी, ताप्लेजुङ लगायतका जिल्लाहरूमा पनि अभियान समूहहरू सक्रिय भएर लागेको सुनसरीका अभियन्ता हरि इवाहाङले जनाए । सुनसरीमा गीतकार मीना सिङ्गक, विद्यार्थी नेता सागर चेम्जोङहरू सक्रिय भएर लागेको इवाहाङले बताए। झापामा पनि हज्जारौंकाे सङ्ख्यामा शुभेच्छुकहरूले भाेट गरिरहेकाे नाट्यकर्मी एवम् निर्देशक विक्रम फागाे वनेमले सुनाए । पान्थरमा चलचित्रकर्मी सागर केरुङ, नाेगेन हाङ्सरुम्बा र ताप्लेजुङमा युवा नेता रक्की थेवेले अभियानकाे जिम्मा लिएका छन् ।

काठमाडौं रहेका समर्थकहरू ।

यसैगरी, धेरैभन्दा धेरै भाेट दिलाउन प्रवासमा समेत अभियानहरू चलेका छन् । बेलायतमा ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी सकुन नेम्वाङ र सञ्चारकर्मी एवम् सामाजिक अभियन्ता अमित थेवेकाे संयाेजकत्वमा अभियान समूह निर्माण भएर मत र सहयोग संकलन भइरहेको छ । बेलायतमै नायिका राेमियन लिम्बु केसी, चुम्लुङकर्मी भगीश्वर फागाे चाेङवाङहरूले पनि अभियानलाई सहयोग गरिरहेका छन् । दक्षिण काेरियामा उत्तम खजुम, डम्बर सुब्बा, सञ्जाेग कन्दङ्वाहरूले अभियान परिचालन गरिरहेका छन् । साइप्रसबाट मीरा फियाक लिम्बु, इजरायलबाट राज लिम्बुले साथ दिइरहेका छन् । अमेरिकाबाट कवि बिबश बेनाम र युवा चिन्तक एवम् लेखक टङ्क सेलिङले सहयोग गरिरहेका छन् ।

पूर्वका खेलाडीहरू पनि समर्थनमा ब्यानर प्रदर्शन गर्दै ।

भ्वाइस किड्समा टिम प्रमाेदमा रहेकी रुक्साना लिम्बु आफ्नो गायकी सँगसँगसँगै समर्थकहरूकाे साथका कारण फाइनलसम्म पुगेर उपाधि जित्न सक्ने प्रबल सम्भावना भएका कारण अत्यधिक मात्रामा भाेट गर्न हुन्न संयाेजक हाङ चेम्जोङले सबैलाई अनुरोध गरे । भाेटका लागि नेपालमा रहनेहरूले खल्ती एप्स डाउनलाेड गरेर मत दिनुपर्ने हुन्छ । विदेशमा रहेका समर्थकहरूले खल्ती डट कममा गएर टिम प्रमाेदमा रहेकाे बटनलाई क्लिक गरेर दिइएको प्रतिस्पर्धीहरूमध्ये रुक्साना लिम्बुलाई भाेट दिन सकिने संयाेजक चेम्जोङले बताए ।

भ्वाइस किड्स गायन प्रतियोगिताकाे एक विश्वव्यापी फ्रेञ्चाइज टीभी साे हाे । १८ वर्षभन्दा माथिहरूका लागि दी भ्वाइस पनि सञ्चालन हुँदै आएकाे छ ।