April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निङ्लेकूकाे फूलहरू मगमगाउँदै

निङ्लेकूकाे फूलहरू मगमगाउँदै

लन्डन । सञ्चारकर्मी एवम् माेडल सिर्जना निङ्लेकूकाे म्यूजिक भिडियो ‘फूलहरू मगमग’ दर्शक श्राेतामाझ आउने भएको छ । गीति भिडियो शुक्रबार सार्वजनिक हुन लागेको हाे ।

नायिका निङ्लेकू ।

दशक बढी समयदेखि कलाकािता, मिडिया, उदघाेषण क्षेत्रमा सक्रिय रहेकी बेलायतनिवासी निङ्लेकूकाे याे तेस्रो घरेलु ब्यानरमा निर्मित भिडियो हाे । उक्त भिडियो शुक्रबार उनकै युट्युब च्यानल ‘सिर्जना निङ्लेकू’बाट सार्वजनिक हुँदैछ । कुशल श्रेष्ठको निर्देशन, सम्पादन र सिनेमाटाेग्राफीमा बनेको भिडियोमा चर्चित एक्टर्स स्टुडियोकी १८ ओैँ ब्याचकी उत्पादन निङ्लेकू आफैँले अभिनय गरेकी छिन् । गायक कञ्चन थलङकाे शब्द र सङ्गीतमा बनेको गीतमा गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ ।

Advertisement

परशुराम राईकाे निर्माण व्यवस्थापनमा रहेकाे गीतमा टेकेन्द्र यक्साे लिम्बुकाे एरेञ्ज, किशोर थापाकाे मिक्सिङ, राजेश थापाकाे रेकर्डिङ, सविना लिम्बुकाे श्रङ्गार, गहेन्द्र शाक्यकाे सहायक छायांकन, नविन निराैलाकाे रङ्ग र सिर्जना ढाकाकाे पहिरन रहेको छ । दर्जनौं म्यूजिक भिडियोहरूमा अभिनय गरिसकेकी झापाकी निङ्लेकू सन् २०१८ मा बेलायत आएकी थिइन् ।