May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीलाई

भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीलाई

काठमाडौँ । हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो दि भ्वाइस किड्सको उपाधि जेनिस उप्रेतीले जितेका छन् । माघ १ गते शनिबार भएको ग्रयाण्ड फिनालेमा भोटिङका आधारमा झापाका उप्रेतीले उपाधि जितेका हुन् ।

फाइनलको हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भएको थियो । उनले उपाधिसँगै नगद १५ लाख समेत हात पारेका छन् । उनी टिम प्रमोद खरेलबाट प्रतिष्पर्धामा सहभागी थिए । उनीसँगै झापाकी नौ वर्षीया रुक्साना लिम्बु समेत फाइनलमा पुगेकी थिइन् । त्यसबाहेक टिम मिलनबाट मिन्छेमा राई र नुमा राई, टिम प्रमिसाबाट सिस्मी गुरुङ र अनुजा कडरिया र टिम राजुबाट पासाङ दिकी शेर्पा र सुप्रिम मल्ल ठकुरी फाइनलमा उपाधिका लागि भिडेका थिए ।