April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

देशीलाइन व्यावसायी समितिद्वारा बनभोज तथा सम्मान कार्यक्रम

इटहरी (तालतलैया)। देशीलाइन व्यवसायी समितिले पहिलो औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । माघ ३ गते इटहरी उपमहानगरपालिकाको तलतलैयामा औपचारिक बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिका २ देशिलाईनका समाजसेवि शुधिर लिम्बुलाई सम्मानपत्र सहितसम्मान गरेको छ । त्यसैगरी स्थानीय समाजसेवी वचन जोशिलाई खादाद्वारा सम्मान गरिएको छ । केही महिना अघिमात्र स्थापना भएको देशिलाईन व्यावसायी समितिले औपचारिक रुपमा पहिलो जंकाभेट गरेको हो । स्थानीय सम्मानित ब्यक्ति सुधिर लिम्बुले देशिलाईन व्यावसाय समिति गठन भएदेखी विभिन्न कार्यक्रम तथा काममा सहभागी भएको प्रसंसा गर्दै समितिलाई आगामी दिनमा आफुले सकेसम्मको भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । समितिका अध्यक्ष गंगाप्रसाद राईले तत्काल समिति दर्ता नभएको भन्दै तदर्थ समितिले हालसम्म महत्त्वपूर्ण रचनात्मक काम गरेको दाबी गरे ।

Advertisement

उनले कोरोनाको कहरसंगै समिति स्थापना भएको भन्दै घरवाला र व्यावसायी आपसमा सम्बन्ध राम्रो हुनुपर्ने बताए । घरवालाई व्यावसायिआवस्यक भएको र व्यावसायिलाई घरवाला आवस्यक भएको औलाए । सरसफाइ जनचेतना सामुदायिक काम भएको जनाउदै रथयात्रामा समितिले जलपान सहयोग गर्दै अगाडि बढेको बताए । त्यसपछि हलसालै सम्पन्न धरान डेमा पुर्व पश्चिममा दुईवटा गेट समेत स्थापना गरेर धरान देशिलाईनमा पनि व्यावसायि समिती छ है भनेर दुईवटा कार्यक्रमले समितिको पहिचान स्थापना गरेको बताए । बनभोज कार्यक्रममा देशिलाईनका ब्यापारी व्यावसायि सहभागी रहेका थिए ।