April 22, 2024, Monday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

पाँचथर समाज सेवा यूकेको अध्यक्षमा काम्बाङ

लन्डन । पाँचथर समाज सेवा यूकेको अध्यक्षमा कैलाश काम्बाङ निर्वाचित भएका छन् ।समाजको सातौं अधिवेशनले सातौं कार्य समितिका लागि सर्वसम्मत रूपमा काम्बाङलाई अध्यक्षमा चयन गरेको हो ।

शनिबार भर्चुअल जुममा सम्पन्न अधिवेशनले काम्बाङको नेतृत्वमा २५ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा शान्ति सेलिङ लिम्बु, उपाध्यक्षहरूमा हाङ्गपाल माखिम, चन्द्र बेघा, विमला सिगु लक्सम, छवि सेलिङ, महासचिवमा प्रेम धलाब सुहाङ छन् । त्यस्तै, सचिवहरूमा वीरेन्द्र काम्वाङ, नरेन्द्र तुम्बापो, होमित योङ्गहाङ्ग, कोषाध्यक्षमा मित्रप्रसाद राई, सहकोषाध्यक्षहरूमा विष्णु सिरेङ र केशव महरा छन् ।

Advertisement

सदस्यहरूमा हरि बहादुर लाओती, मोहन माबो, शकुन नेम्बाङ (सँस्कृति र जनसम्पर्क), सुरेश थाम्सुहाङ, चन्द्र लाओती, गंगा राई, सूर्य केरुङ, नर माखिम, सोनाम शेर्पा, पदम गुरुङ, योगेन्द्र विक्रम तावा, नन्द सुन्दास (महिला विभाग) छन् । यसैगरी, पाँचथर कप संचालक समितिको संयोजकमा खगेन्द्र लाओती, सहसंयोजकमा नर माखिम र केशव महरा छन् । सल्लाहकारहरुमा नर थाम्सुहाङ ‘ए’ र सूर्य गुरुङ छन् । स्वास्थ्य विभागमा भगीरथ जवेगू छन् ।

पाँचथर समाज सेवा यूकेको संस्थागत चिन्ह ।

निवर्तमान अध्यक्ष धन काम्वाङको अध्यक्षतामा भएको अधिवेशनको पहिलो चरणलाई महासचिव प्रेम धलाव सुहाङले सञ्चालन गरेका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष चुडाकर्ण थाम्सुहाङले राखेका थिए । नयाँ कार्य समिति चयनका लागि चन्द्र सुन्दासको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो । सचिवमा नगेन्द्र नेम्बाङ र दीपक तुम्बापो रहेका थिए । अधिवेशनमा सल्लाहकारहरू सुवर्ण नेम्बाङ र लीला सेलिङ माबो समेत उपस्थित रहेका थिए । यूकेमा रहेका पान्थर जिल्लावासीहरुको सामाजिक संगठनका रुपमा रहेको पाँचथर समाज सेवा यूकेको स्थापना सन् २००७ मा भएको थियो ।