April 30, 2024, Tuesday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गायिका मेचु धिमालकाे गीतकाे भिडियो छायांकन

गायिका मेचु धिमालकाे गीतकाे भिडियो छायांकन

काठमाडौं । गायिका मेचु धिमालको मेरो संसार बोलको गीतको छयांकन सम्पन्न भएको छ । भ्वाइस अफ नेपाल रियालिटी साेबाट चर्चामा आएकी धिमालकाे पछिल्लो गीतकाे म्युजिक भिडियो बन्न लागेको हाे ।

गायिका मेचु धिमाल छायांकनकाे क्रममा ।

उक्त गीतलाई अहिलेका निकै व्यस्त निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन् । छयांकन तथा सम्पादन इशाक जवेगू, शृंगार सञ्जु थलङ र शव्द संगीत बबिम बिक्रम अधिकारीको रहेको छ । यो म्युजिक भिडियोमा गायिका मेचु धिमाल आफैँले मोडलिङ गरेकी छिन् । उक्त म्युजिक भिडियो उपत्यकाभित्रकै केही सुन्दर नगरीहरु तथा अहिलेको टिकटकमा चर्चामा रहेको बिजुली बजार पुल बानेश्वरमा छयांकन गरिएको हो । अहिले भिडियो सम्पादनमा रहेको र अब छिटै मेचु धिमाल युट्युवबाट सार्वजनिक हुने निर्देशक चेम्जोङ बताए ।

Advertisement